नेपाल पुलिस क्लब जय ट्रफी क्रिकेटको फाइनलमा

१५ फागुन, काठमाडौं।
नेपाल पुलिस क्लब जय ट्रफी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। शुक्रबार सम्पन्न लिग चरणको अन्तिम खेलमा बागमती प्रदेशलाई पराजित गर्दै पुलिसले उपाधि यात्रा तय गरेको हो।

बागमतीले दोस्रो इनिङमा दिएको ८९ रनको लक्ष्य पुलिसले तेस्रो सत्रमा २ विकेट गुमाएर सहजै पूरा गर्‍यो। पुलिसका लागि सोहेल कुँवरले अविजित ३५ रन बनाए। शंकर रानाले २७ रन जोडे भने करण केसी २५ रनमा अविजित रहे।

बागमतीका रिजन ढकाल र सन्दीप लामिछानेले समान १–१ विकेट लिए।

यसअघि, पुलिसले पहिलो इनिङमा बनाएको १४९ रनको अग्रता पछ्याउँदै बागमती दोस्रो इनिङमा २३७ रनमै अलआउट भयो। इशान पाण्डेले सर्वाधिक ८० रन बनाए भने बिबेक मगरले ४५ रन जोडे। सूर्य तामाङ ३० रनमा अविजित रहे।

पुलिसका ललित राजवंशीले २६.२ ओभरमा ८४ रन खर्चेर ५ विकेट लिए। राशिद खानले ३ तथा करण केसीले १ विकेट हात पारे।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बागमती पहिलो इनिङमा ५३.५ ओभरमा १८५ रनमै समेटिएको थियो। ८४–८ को कठिन अवस्थाबाट बिपिन आचार्य (अविजित ४६), सूर्य तामाङ (२४) र गौतम केसी (२१) ले टोलीलाई सम्मानजनक योगफलतर्फ पुर्‍याएका थिए। इशान पाण्डेले ४१ रन जोडेका थिए।

पुलिसका करण केसीले १३ ओभरमा २७ रन दिँदै ४ विकेट लिए। ललित राजवंशीले ३ विकेट लिए भने सागर ढकाल, राशिद खान र कुशल भुर्तेलले समान १–१ विकेट लिए।

जवाफमा पुलिसले पहिलो इनिङमा ७० ओभरमा ३३४–८ को अवस्थामा इनिङ घोषणा गर्दै १४९ रनको अग्रता बनाएको थियो। कुशल भुर्तेल ९६ रनमा नजिकै शतकबाट चुके। आरिफ शेखले ५३, दिल्साद अलीले ५१ तथा शंकर रानाले ४८ रन बनाए। अमित श्रेष्ठले ३९ रन जोडे भने करण केसी २९ रनमा अविजित रहे।

लिग चरणमा पुलिसले दुई खेल जित्दै एक खेलमा हार बेहोरेको थियो। अब पुलिसले उपाधिका लागि नेपाल आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...