नेपाल पुलिस क्लब जय ट्रफी क्रिकेटको फाइनलमा
Breaking News 1, Breaking News 2, आजको विशेष, खेलकुद, ताजा अपडेट, प्रदेश समाचार, बागमती, मधेस प्रदेश, समाचार
१५ फागुन, काठमाडौं।नेपाल पुलिस क्लब जय ट्रफी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। शुक्रबार सम्पन्न लिग चरणको अन्तिम खेलमा बागमती प्रदेशलाई पराजित गर्दै पुलिसले उपाधि यात्रा तय गरेको हो।
बागमतीले दोस्रो इनिङमा दिएको ८९ रनको लक्ष्य पुलिसले तेस्रो सत्रमा २ विकेट गुमाएर सहजै पूरा गर्यो। पुलिसका लागि सोहेल कुँवरले अविजित ३५ रन बनाए। शंकर रानाले २७ रन जोडे भने करण केसी २५ रनमा अविजित रहे।
बागमतीका रिजन ढकाल र सन्दीप लामिछानेले समान १–१ विकेट लिए।
यसअघि, पुलिसले पहिलो इनिङमा बनाएको १४९ रनको अग्रता पछ्याउँदै बागमती दोस्रो इनिङमा २३७ रनमै अलआउट भयो। इशान पाण्डेले सर्वाधिक ८० रन बनाए भने बिबेक मगरले ४५ रन जोडे। सूर्य तामाङ ३० रनमा अविजित रहे।
पुलिसका ललित राजवंशीले २६.२ ओभरमा ८४ रन खर्चेर ५ विकेट लिए। राशिद खानले ३ तथा करण केसीले १ विकेट हात पारे।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बा...








