
सुशीला कार्कीले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत धापासीस्थित फैमालचुली केन्द्रमा रहेको मतदान स्थलमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्नुभएको छ।

प्रधानमन्त्री कार्कीले लोकतान्त्रिक अभ्यासमा सक्रिय सहभागिता जनाउँदै आम मतदातालाई अनिवार्य रूपमा मतदान गर्न आह्वान गर्नुभयो। प्रत्येक मत देशको भविष्य निर्माणका लागि महत्वपूर्ण हुने भएकाले जिम्मेवार नागरिकका रूपमा मतदान प्रक्रियामा सहभागी हुनुपर्ने उहाँको भनाइ छ।