Day: March 5, 2026

निर्वाचन आयोग: करिब ६० प्रतिशत मतदान

निर्वाचन आयोग: करिब ६० प्रतिशत मतदान

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक तथ्यांक प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ। बिहीबार साँझ आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभरबाट प्राप्त प्रारम्भिक विवरणअनुसार झन्डै ६० प्रतिशत मतदान भएको जानकारी दिए। उनका अनुसार निर्वाचन समग्रमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। आयोगका अनुसार मतदान सम्पन्न भएसँगै सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरी सम्बन्धित स्थानमा पुर्‍याउने कार्य जारी छ। मतपेटिका सुरक्षित रूपमा संकलन भएपछि निर्धारित प्रक्रिया अनुसार मतगणना सुरु गरिने जनाइएको छ। यस निर्वाचनमा देशभरका मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो। निर्वाचन प्रक्रिया व्यवस्थित र शान्तिपूर्ण बनाउन सहयोग गर्ने सुरक्षा निकाय, कर्मचारी तथा मतदाताप्रति आयोगले आभार व्यक्त गरेको छ।...
गृहमन्त्री अर्यालसहित उच्च अधिकारीहरूले काठमाडौं उपत्यकाका मतदान स्थल अनुगमन

गृहमन्त्री अर्यालसहित उच्च अधिकारीहरूले काठमाडौं उपत्यकाका मतदान स्थल अनुगमन

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार, सुरक्षा
गृहमन्त्री ओमप्रकाश अर्यालसहित उच्च अधिकारीहरूको टोलीले काठमाडौं उपत्यकाका विभिन्न मतदान स्थलको अनुगमन गरेका छन्। उनीहरूमध्ये गृह सचिव राजकुमार श्रेष्ठ, सुरक्षा निकाय प्रमुख र गृहमन्त्रालयका अन्य उच्च अधिकारीहरू सहभागी थिए। मन्त्री अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर क्षेत्र नं ३ मा मतदान गरेलगत्तै काठमाडौं र ललितपुरका मतदान स्थलको निरीक्षण तथा अनुगमन गरेका हुन्। उनले मतदातासँग प्रत्यक्ष संवाद गर्दै मतदान स्थलको अवस्था सम्बन्धमा जानकारी लिएका थिए। अनुगमनको क्रममा सानेपास्थित टीका विद्याश्रम मावि, तारकेश्वरको नागर्जुन मावि, पृथ्वीनारायण मावि, बालुवाटारको श्री पञ्चकन्या आधारभूत विद्यालय र सशस्त्र प्रहरी बलको मुख्यालयमा रहेको केन्द्रीय निर्वाचन सेल निरीक्षण गरिएको थियो। टोलीमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुस...
चितवनमा आचारसंहिता उल्लंघन : मतदान केन्द्रअगाडि पर्चा–पम्प्लेट देखाउने दुई जना पक्राउ

चितवनमा आचारसंहिता उल्लंघन : मतदान केन्द्रअगाडि पर्चा–पम्प्लेट देखाउने दुई जना पक्राउ

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
चितवनमा निर्वाचन आचारसंहिता विपरीत गतिविधि गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। भरतपुर महानगरपालिका–१० स्थित नारायणी नमुना मावि मतदान केन्द्रअगाडि निर्वाचनविरोधी पर्चा–पम्प्लेट प्रदर्शन गरिएको सूचनापछि प्रहरीले मध्याह्न १२ बजेतिर उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका–१ घर भई हाल भरतपुर महानगरपालिका–७ बसोबास गर्दै आएका २९ वर्षीय सुमन श्रेष्ठ तथा कालिका नगरपालिका–४ पदमपुर घर भई भरतपुर–१० बस्ने २१ वर्षीय किरण गौतम रहेका छन्। प्रहरीका अनुसार श्रेष्ठ नेकपा बहुमतका चितवन जिल्ला सेक्रेटरी र गौतम सोही दलनिकट विद्यार्थी संगठनका जिल्ला संयोजक हुन्। उनीहरूको साथबाट एक थान मोबाइल तथा निर्वाचनविरोधी पर्चा–पम्प्लेट बरामद गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।...
टोखा नगरपालिका वडा नं. ८ मा पनि शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ।

टोखा नगरपालिका वडा नं. ८ मा पनि शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ।

Breaking News 1, Breaking News 2, ताजा अपडेट, बागमती, राजनीति, समाचार
टोखा नगरपालिका वडा नं. ८ मा आज मतदान शान्तिपूर्ण वातावरणमा सञ्चालन भइरहेको छ। बिहानैदेखि मतदाताहरू उत्साहपूर्वक मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्। मतदान प्रक्रिया व्यवस्थित र अनुशासित रूपमा अघि बढिरहेको देखिएको छ। मतदान केन्द्र वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाल प्रहरी तथा अन्य सुरक्षा निकायका सुरक्षाकर्मीहरू परिचालन गरिएका छन्, जसका कारण मतदान शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न भइरहेको छ। स्थानीय बासिन्दाहरूले पनि शान्ति र सद्भाव कायम राख्दै लोकतान्त्रिक प्रक्रियामा सहभागिता जनाइरहेका छन्। हालसम्म कुनै अप्रिय घटना नघटेको र मतदान प्रक्रिया सहज रूपमा अघि बढिरहेको सम्बन्धित स्रोतले जनाएको छ।...
सर्लाही ४ को बलरा नगरपालिका मतदान पुनः सुचारु, प्रहरी भन्छ– सुरक्षा कडा छ

सर्लाही ४ को बलरा नगरपालिका मतदान पुनः सुचारु, प्रहरी भन्छ– सुरक्षा कडा छ

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार, सुरक्षा
सर्लाहीको बलरा नगरपालिकाको एउटा मतदान केन्द्रमा प्रतिनिधि समूहबीच विवाद भएपछि ढुंगामुढा हुँदा रोकिएको मतदान प्रक्रिया पुनः सुचारु भएको छ। बिहानैदेखि विवाद सुरु भएको उक्त केन्द्रमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच मतदाता भिडभाड र झगडा भएपछि एक घण्टा बढी मतदान स्थगित गरिएको थियो। अहिले प्रमुख जिल्ला अधिकारीसहित सबै सुरक्षा निकायका अधिकारी त्यहाँ पुगेका छन् र मतदान प्रक्रिया सुरक्षित बनाउन सक्रिय छन्। उक्त मतदान केन्द्रमा करिब एक हजार तीन जना मतदाता रहेका छन्। सुरक्षाको दृष्टिले आवश्यक कदम उठाइएका कारण मतदाताहरूले ढुक्कसाथ मतदान गर्न सक्ने व्यवस्था गरिएको छ। प्रहरीले मतदान गरिसकेका व्यक्तिहरूलाई केन्द्र वरिपरि भीड नगर्न पनि अनुरोध गरेको छ।...
टोखा नगरपालिका वडा नं. ११ मा शान्तिपूर्ण तरिकाले मतदान हुँदैछ।

टोखा नगरपालिका वडा नं. ११ मा शान्तिपूर्ण तरिकाले मतदान हुँदैछ।

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
टोखा नगरपालिका वडा नं. ११ मा आज राष्ट्रिय निर्वाचन शान्तिपूर्ण वातावरणमा सञ्चालन भइरहेको छ। बिहानैदेखि मतदाताहरूले आफ्ना मताधिकार प्रयोग गर्न मतदान केन्द्रहरूमा लाम लगाएर उपस्थित भएका छन्। सुरक्षा र सुव्यवस्थाका लागि प्रहरीले पर्याप्त संख्या खटाएको छ भने मतदान प्रक्रिया सहज र व्यवस्थित ढंगले अघि बढिरहेको छ। मतदानमा विभिन्न उमेदवारका समर्थकहरू पनि उपस्थित छन्, तर अहिलेसम्म कुनै विवाद वा झगडा भएको छैन। स्थानिय बासिन्दाहरूले नागरिक जिम्मेवारीको रूपमा मतदानमा सहभागी हुनुको महत्वमा जोड दिएका छन्। निर्वाचन आयोगले सबै मतदाताहरूलाई मतदान गर्न उत्साहित गर्दै नागरिक जिम्मेवारी निर्वाह गर्न आग्रह गरेको छ। टोखा नगरपालिका वडा नं. ११ मा मतदानको स्थिति अहिलेसम्म शान्तिपूर्ण छ र अधिकारीहरूले मतदान प्रक्रियामा कुनै अवरोध आउन नदिन सतर्कता अपनाएका छन्।  ...
काठमाडौँ–५ मा प्रधानमन्त्री सुशीला कार्कीको मतदान गर्दै

काठमाडौँ–५ मा प्रधानमन्त्री सुशीला कार्कीको मतदान गर्दै

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
सुशीला कार्कीले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत धापासीस्थित फैमालचुली केन्द्रमा रहेको मतदान स्थलमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले लोकतान्त्रिक अभ्यासमा सक्रिय सहभागिता जनाउँदै आम मतदातालाई अनिवार्य रूपमा मतदान गर्न आह्वान गर्नुभयो। प्रत्येक मत देशको भविष्य निर्माणका लागि महत्वपूर्ण हुने भएकाले जिम्मेवार नागरिकका रूपमा मतदान प्रक्रियामा सहभागी हुनुपर्ने उहाँको भनाइ छ।...
सर्लाही–४ बसबरियामा मतदान सुरु भएलगत्तै हुलदंगा, केही समय तनावग्रस्त

सर्लाही–४ बसबरियामा मतदान सुरु भएलगत्तै हुलदंगा, केही समय तनावग्रस्त

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, मधेस प्रदेश, राजनीति, समाचार
सर्लाही–४ अन्तर्गत पर्ने बसबरिया गाउँपालिका–३ भवानीपुरमा रहेको जनता माध्यमिक विद्यालयस्थित मतदान केन्द्रमा मतदान सुरु भएसँगै विवाद उत्पन्न भएको छ। मत खसाल्ने प्रक्रिया प्रारम्भ हुनासाथ मतदाताबीच सामान्य भनाभन चर्किँदै झडपमा परिणत भएको हो। घटनापछि मतदान केन्द्र आसपास केही समय तनावको अवस्था सिर्जना भएको थियो। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको र अवस्था सामान्य बनाउन प्रयास गरिएको जनाइएको छ। विवादका कारण केहीबेर मतदान प्रक्रिया प्रभावित भए पनि पछि पुनः सुचारु गरिएको बताइएको छ।...