टोखा–८ रमणबस्ती करिडोरको बाटो निर्माणका लागि डोजर सञ्चालन, घरधनीको सहमतिमा घर भत्काइयो

काठमाडौंको टोखा नगरपालिका वडा नं. ८ स्थित रमणबस्ती क्षेत्रमा खोला किनारमा रहेको घर भत्काइएको छ। यो कदम मुख्यतया करिडोर मार्गको निकास र सुरक्षित सडक निर्माणका लागि उठाइएको हो।

उक्त कार्यक्रममा वडा नं. ८ का अध्यक्ष रमेश खत्री ज्यु, वडा सदस्य अनुप राई, वडा सदस्य महेश थपलिया तथा नगरप्रहरीको उपस्थितिमा घर भत्काउने कार्य सम्पन्न गरिएको हो।

घरधनी पक्षले जानकारी दिएका छन् कि घर पिच हुने जोखिमका कारण कार्यक्रममा पूर्ण सहमति दिंदै कुनै विवाद वा अवरोध बिना कार्य सम्पन्न गरिएको हो। यस क्रममा करिडोर मार्ग खुलाउने र जोखिमयुक्त संरचनालाई हटाउने उद्देश्य प्राथमिक रहेको बताइएको छ।

वडा नं. ८ का अध्यक्ष रमेश खत्री ज्युले जानकारी दिनुभयो कि हरेक स्थानमा यस्ता कार्यक्रम निरन्तर रूपमा अगाडि बढाइनेछ। स्थानीय जनप्रतिनिधिहरूले भविष्यमा पनि जोखिमपूर्ण घर र संरचनालाई व्यवस्थापन गरी क्षेत्रको सुरक्षा र विकास सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन्।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...