Day: March 11, 2026

जावलाखेल चिडियाखानामा ११२ प्रजातिका १,२७३ जीवजन्तु, हात्ती ‘पवनकली’ सबैभन्दा लामो आयुमा

जावलाखेल चिडियाखानामा ११२ प्रजातिका १,२७३ जीवजन्तु, हात्ती ‘पवनकली’ सबैभन्दा लामो आयुमा

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
काठमाडौंस्थित जावलाखेल चिडियाखाना मा हाल ११२ प्रजातिका १,२७३ जीवजन्तु छन्। यो चिडियाखाना राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत सञ्चालनमा रहेको छ। चिडियाखाना तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेर राणा ले विसं १९८९ मा व्यक्तिगत रूपमा स्थापना गरी सञ्चालनमा ल्याउनुभएको थियो। पछि सर्वसाधारणका लागि खुला गरिएको हो। चिडियाखाना प्रशासनका अनुसार यहाँका जीवजन्तुमा नयाँ जन्मिने, मृत्यु हुने र जङ्गलबाट उद्धार गरी ल्याइएका जीवजन्तुहरू थपिने भएकाले संख्या समय-समयमा घटबढ हुने गर्दछ। चिडियाखानामा सबैभन्दा लामो आयु भएको जनावर ७६ वर्षको ‘पवनकली’ नामक हात्ती रहेको छ। सूचना अधिकारी गणेश कोइराला का अनुसार हात्तीको औसत आयु ७०–८० वर्षसम्म हुन्छ। चिडियाखानामा रहेका चार वटा बाघमध्ये सबैभन्दा बढी उमेरको १५ वर्षको बाघ ‘बगौरा’ रहेको छ। तीन वटा गैँडामध्ये सबैभन्दा बढी उमेरको १४ वर्षको गैँडा ‘बाङ्गे’ रहेको बत...
टोखा–८ रमणबस्ती करिडोरको बाटो निर्माणका लागि डोजर सञ्चालन, घरधनीको सहमतिमा घर भत्काइयो

टोखा–८ रमणबस्ती करिडोरको बाटो निर्माणका लागि डोजर सञ्चालन, घरधनीको सहमतिमा घर भत्काइयो

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौंको टोखा नगरपालिका वडा नं. ८ स्थित रमणबस्ती क्षेत्रमा खोला किनारमा रहेको घर भत्काइएको छ। यो कदम मुख्यतया करिडोर मार्गको निकास र सुरक्षित सडक निर्माणका लागि उठाइएको हो। उक्त कार्यक्रममा वडा नं. ८ का अध्यक्ष रमेश खत्री ज्यु, वडा सदस्य अनुप राई, वडा सदस्य महेश थपलिया तथा नगरप्रहरीको उपस्थितिमा घर भत्काउने कार्य सम्पन्न गरिएको हो। घरधनी पक्षले जानकारी दिएका छन् कि घर पिच हुने जोखिमका कारण कार्यक्रममा पूर्ण सहमति दिंदै कुनै विवाद वा अवरोध बिना कार्य सम्पन्न गरिएको हो। यस क्रममा करिडोर मार्ग खुलाउने र जोखिमयुक्त संरचनालाई हटाउने उद्देश्य प्राथमिक रहेको बताइएको छ। वडा नं. ८ का अध्यक्ष रमेश खत्री ज्युले जानकारी दिनुभयो कि हरेक स्थानमा यस्ता कार्यक्रम निरन्तर रूपमा अगाडि बढाइनेछ। स्थानीय जनप्रतिनिधिहरूले भविष्यमा पनि जोखिमपूर्ण घर र संरचनालाई व्यवस्थापन गरी क्षेत्रको सुरक्षा र विकास...