जावलाखेल चिडियाखानामा ११२ प्रजातिका १,२७३ जीवजन्तु, हात्ती ‘पवनकली’ सबैभन्दा लामो आयुमा

काठमाडौंस्थित जावलाखेल चिडियाखाना मा हाल ११२ प्रजातिका १,२७३ जीवजन्तु छन्। यो चिडियाखाना राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत सञ्चालनमा रहेको छ। चिडियाखाना तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेर राणा ले विसं १९८९ मा व्यक्तिगत रूपमा स्थापना गरी सञ्चालनमा ल्याउनुभएको थियो। पछि सर्वसाधारणका लागि खुला गरिएको हो।

चिडियाखाना प्रशासनका अनुसार यहाँका जीवजन्तुमा नयाँ जन्मिने, मृत्यु हुने र जङ्गलबाट उद्धार गरी ल्याइएका जीवजन्तुहरू थपिने भएकाले संख्या समय-समयमा घटबढ हुने गर्दछ।

चिडियाखानामा सबैभन्दा लामो आयु भएको जनावर ७६ वर्षको ‘पवनकली’ नामक हात्ती रहेको छ। सूचना अधिकारी गणेश कोइराला का अनुसार हात्तीको औसत आयु ७०–८० वर्षसम्म हुन्छ।

चिडियाखानामा रहेका चार वटा बाघमध्ये सबैभन्दा बढी उमेरको १५ वर्षको बाघ ‘बगौरा’ रहेको छ। तीन वटा गैँडामध्ये सबैभन्दा बढी उमेरको १४ वर्षको गैँडा ‘बाङ्गे’ रहेको बताइएको छ। अन्य जीवजन्तु विभिन्न उमेर समूहका छन्।

साना जीवजन्तुमा मुसा पर्दछन्। मुसाको औसत आयु पाँच–छ वर्षसम्म रहेको कोइरालाले जानकारी दिनुभयो। मुसा र खरायो हप्तामा एकपटक अजिङ्गरको आहारका रूपमा दिइने गरिन्छ। यसरी उत्पादन गरिएका साना जीवजन्तु अजिङ्गरलाई प्राकृतिक आहार दिने क्रममा प्रयोग गरिन्छ।

चिडियाखानामा बिरामी जीवजन्तुलाई छुट्टै क्वारेन्टाइनमा राखेर चिकित्सकहरूले उपचार गर्ने व्यवस्था गरिएको छ। केही जनावरले प्रजनन गरे पनि अधिकांशले बसोबास गर्ने वातावरण पूर्ण रूपमा उपयुक्त नहुँदा प्रजनन कम हुने गरेको प्रशासनले जनाएको छ। प्राकृतिक जङ्गली वातावरण उनीहरूको प्रजननका लागि बढी अनुकूल रहेको छ।

छुटाउनुभयो कि ?

जुन अंगमा समस्या, त्यही अंगको पूजा गर्ने अनौठो बिजेश्वरी योगिनी मन्दिर

जुन अंगमा समस्या, त्यही अंगको पूजा गर्ने अनौठो बिजेश्वरी योगिनी मन्दिर

काठमाडौंको शोभा भगवती मन्दिरमाथिको डाँडामा अवस्थित बिजेश्वरी योगिनी मन्दिर धार्मिक आस्था, तान्त्रिक परम्परा र ऐतिहासिक महत्वका क...
जागिरको लागि पुजा गरिने शक्तिपीठ शोभा भगवती मन्दिर

जागिरको लागि पुजा गरिने शक्तिपीठ शोभा भगवती मन्दिर

शोभा भगवती मन्दिर उपत्यकाको प्राचीन तथा प्रसिद्ध शक्तिपीठमध्ये एक मानिन्छ। वर्षभरि दर्शनार्थीको घुइँचो लाग्ने यस मन्दिरमा विशे...
सवारी कारबाहीबाट कर्णालीमा रु १ करोड ३३ लाखभन्दा बढी राजस्व सङ्कलन

सवारी कारबाहीबाट कर्णालीमा रु १ करोड ३३ लाखभन्दा बढी राजस्व सङ्कलन

सुर्खेत। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले गत आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गर...
अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि दुर्गा प्रसाईं रिहा

अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि दुर्गा प्रसाईं रिहा

राजावादी आन्दोलनको घोषणा गरेपछि पक्राउ परेका दुर्गा प्रसाईं एक दिनमै रिहा भएका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता ...
दार्चुलामा ८५ दिनमै झोलुङ्गे पुल निर्माण, उद्घाटनसँगै हर्क साम्पाङले गरे संगठन विस्तार

दार्चुलामा ८५ दिनमै झोलुङ्गे पुल निर्माण, उद्घाटनसँगै हर्क साम्पाङले गरे संगठन विस्तार

खलङ्गा (दार्चुला) — दार्चुलाको व्यास गाउँपालिका–२, काठादुम्लिङमा श्रमदानमार्फत निर्माण गरिएको ७२ मिटर लामो झोलुङ...
टोखा बक्सिङ क्लबको भव्य उद्घाटन, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

टोखा बक्सिङ क्लबको भव्य उद्घाटन, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

काठमाडौं, टोखा। टोखा नगरपालिका–१० स्थित मनोहर माध्यमिक विद्यालय परिसरमा टोखा बक्सिङ क्लबको औपचारिक तथा भव्य उद्घाटन कार्यक्रम ...
बिना हेलमेट बुलेट बाइक चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा

बिना हेलमेट बुलेट बाइक चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा

काठमाडौं। सवारी नियम उल्लंघन गर्दै बिना हेलमेट बुलेट मोटरसाइकल चलाएको घटनामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट...
सिंहदरबार घेराउ गर्न अघि बढेका दृष्टिविहीनलाई प्रहरीले बीचमै रोक्यो

सिंहदरबार घेराउ गर्न अघि बढेका दृष्टिविहीनलाई प्रहरीले बीचमै रोक्यो

काठमाडौं। आफ्ना मागको सम्बोधनका लागि सिंहदरबार घेराउ गर्न माइतीघरबाट अघि बढेका दृष्टिविहीन प्रदर्शनकारीलाई प्रहरीले बीचबाटोमै ...