अमेरिका–इजरायल र इरानबीचको युद्ध अन्त्यको माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं । मानव अधिकार तथा शान्ति समाज ले अमेरिका, इजरायल र इरानबीच जारी युद्ध अन्त्यको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ।

संस्थाले आज एकैदिन अमेरिकी राजदूतावास महाराजगञ्ज, इजरायली राजदूतावास लाजिम्पाट र याक एन्ड यति होटल स्थित इरानी कन्सुलेट कार्यालय अगाडि प्रदर्शन गरेको हो।

प्रदर्शनका क्रममा ‘शक्ति राष्ट्रहरू युद्धको पक्षपोषण होइन, युद्ध अन्त्यमा योगदान गर’, ‘अमेरिका, युद्ध रोक, शान्ति कायम गर’ लगायतका नारासहित ब्यानर बोकेर सहभागीहरूले विश्व शान्तिको कामना गरेका थिए।

प्रदर्शनकारीहरूका अनुसार अमेरिका, इजरायल र इरानबीच जारी द्वन्द्वले विश्व शान्तिलाई गम्भीर रूपमा प्रभावित पारेको छ।

समाजले डोनाल्ड ट्रम्प लाई सम्बोधन गर्दै युद्ध विस्तार हुँदै जानु विश्व शान्तिका लागि ठूलो खतरा भएको उल्लेख गरेको छ। जारी द्वन्द्व तत्काल अन्त्य गरी शान्ति प्रवर्द्धनका लागि विशेष पहल गर्न पनि आग्रह गरिएको छ।

साथै, अमेरिकालाई युद्धको पक्षधर होइन, सधैं शान्तिका लागि अग्रसर राष्ट्रका रूपमा देख्न चाहेको पनि समाजले जनाएको छ।

छुटाउनुभयो कि ?

राति १२ बजे विशेष पूजा हुने शक्तिशाली बज्रबाराही मन्दिर, प्रत्येक तीन वर्षमा लाग्छ भव्य जात्रा

राति १२ बजे विशेष पूजा हुने शक्तिशाली बज्रबाराही मन्दिर, प्रत्येक तीन वर्षमा लाग्छ भव्य जात्रा

मकवानपुर। बागमती प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको थाहा नगरपालिका टिस्टुङ–पालुङमा अवस्थित बज्रबाराही मन्दिर नेपालका प्राचीन तथा...
मोक्ष प्राप्ति को लागि अब इन्डिया जानु पर्दैन , थाहा मा १०८ शंख को धारा उद्घाटन

मोक्ष प्राप्ति को लागि अब इन्डिया जानु पर्दैन , थाहा मा १०८ शंख को धारा उद्घाटन

मकवानपुर। बागमती प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको थाहा नगरपालिका–३, पालुङस्थित निर्माणाधीन मोक्षधाममा स्थापना गरिएको १०८ शंखधा...
पवित्र १००८ शालिग्राम भगवानको दर्शन, किन गरिँदैन प्राणप्रतिष्ठा ?

पवित्र १००८ शालिग्राम भगवानको दर्शन, किन गरिँदैन प्राणप्रतिष्ठा ?

काठमाडौं। हिन्दू धर्ममा १००८ शालिग्राम भगवानलाई भगवान विष्णुको साक्षात् स्वरूपका रूपमा पूजा गरिन्छ। धार्मिक विश्वासअनुसार श्रद...
केदारनाथ जान नसक्ने भक्तजनका लागि डोलेश्वर महादेव

केदारनाथ जान नसक्ने भक्तजनका लागि डोलेश्वर महादेव

भक्तपुर। भारतको उत्तराखण्डस्थित प्रसिद्ध केदारनाथ धाम पुग्न सबै भक्तजनका लागि सम्भव नहुने भएकाले नेपालकै ऐतिहासिक तथा धार्मिक मह...
नयाँ सरकारको १०० दिनमा ८९ हजार मेट्रिकटनभन्दा बढी रासायनिक मल वितरण

नयाँ सरकारको १०० दिनमा ८९ हजार मेट्रिकटनभन्दा बढी रासायनिक मल वितरण

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हालेको पहिलो १०० दिनमा ८९ हजार १९४ दशमलव ५५ मेट्रिकटन अनुदानित रासाय...
केप भर्डेमाथि अतिरिक्त समयमा संघर्षपूर्ण जित निकाल्दै अर्जेन्टिना अन्तिम १६ मा

केप भर्डेमाथि अतिरिक्त समयमा संघर्षपूर्ण जित निकाल्दै अर्जेन्टिना अन्तिम १६ मा

काठमाडौं। फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत अर्जेन्टिनाले केप भर्डेलाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै अन्तिम १६ मा ...
बैतडीमा यात्रुवाहक बस दुर्घटना, सडकबाट करिब ६० मिटर तल खस्यो

बैतडीमा यात्रुवाहक बस दुर्घटना, सडकबाट करिब ६० मिटर तल खस्यो

बैतडी। बैतडीमा यात्रुवाहक बस दुर्घटनामा परेको छ। दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ गैराखान क्षेत्रमा धनगढीबाट बैतडी ...
सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालन, कर्मचारीले कार्यस्थलमै स्वास्थ्य सेवा पाउने

सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालन, कर्मचारीले कार्यस्थलमै स्वास्थ्य सेवा पाउने

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरबारमा आजदेखि निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालनमा आएको छ। ...