Day: March 19, 2026

विदेश घुमाउने नाममा झन्डै ३ करोड ठगी, ७ जना पक्राउ

विदेश घुमाउने नाममा झन्डै ३ करोड ठगी, ७ जना पक्राउ

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिका–१० थापागाउँमा ‘श्रीटेल होलिडेज’ नामक ट्राभल एजेन्सी सञ्चालन गरी सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ६ जना भारतीय र १ जना नेपाली नागरिक रहेका छन्। सर्वसाधारणलाई युरोप, एसिया र अफ्रिकासहित १७५ देशमा पर्यटक भिसामा घुम्न पठाउने ‘प्याकेज अफर’ देखाएर आरोपीहरूले ठगी गरेका हुन्। उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले चैत ३ गते थापागाउँस्थित कार्यालयमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सप्तरी कञ्चनरुपका २६ वर्षीय विवेक रेग्मी, भारतका ३९ वर्षीय हुसेन सैयद, ४४ वर्षीय साजिद ओमर सैयद, ३४ वर्षीय महम्मद इमरान, ३३ वर्षीय मिर खालिद हुसेन, ४० वर्षीय रजाक महम्मद र ४२ वर्षीय समादा गिरी रहेका छन्। विवेक रेग्मी बाहेक अन्य सबै भारतीय नागरिक हुन्। अनुसन्धानका अनुसार आरोपीहरूले करिब २ करोड ७२ लाख रुपैयाँ अस...
‘जेन–जी’ आन्दोलनले क्षति पुगेका संरचनाको मर्मत अन्तिम चरणमा

‘जेन–जी’ आन्दोलनले क्षति पुगेका संरचनाको मर्मत अन्तिम चरणमा

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
हेटौँडा । बागमती प्रदेश सरकार का भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा ले ‘जेन–जी’ आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचना तथा सरकारी कार्यालयहरूको मर्मत कार्यको स्थलगत अनुगमन गरेका छन्। मंगलबार मन्त्री देवकोटासहितको टोलीले हेटौँडास्थित चार मन्त्रालय रहेको पाँचतले भवन, प्रमुख सचिवको निवासलगायत क्षतिग्रस्त संरचनाहरूको निरीक्षण गरेको हो। अनुगमनमा मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्ठा र सहरी विकास तथा भवन निर्माण महाशाखाका प्रमुख भूपेन्द्रकुमार यादवसमेत सहभागी थिए। निरीक्षणका क्रममा मन्त्री देवकोटाले काठमाडौँबाट स्ट्रक्चरल इन्जिनियर ल्याएर प्राविधिक मूल्याङ्कन गरिएको र सोही आधारमा पुनर्निर्माण अघि बढाइएको जानकारी दिए। उनका अनुसार मर्मत गरेर प्रयोगमा ल्याउन सकिने भवनहरूको काम अन्तिम चरणमा पुगेको छ। ‘पाँच–छ महिनाको छोटो अवधिमै निर्माण व्यवसायी र मन्त्रालयबीचको सहकार्य...
अमेरिका–इजरायल र इरानबीचको युद्ध अन्त्यको माग गर्दै काठमाडौंमा प्रदर्शन

अमेरिका–इजरायल र इरानबीचको युद्ध अन्त्यको माग गर्दै काठमाडौंमा प्रदर्शन

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं । मानव अधिकार तथा शान्ति समाज ले अमेरिका, इजरायल र इरानबीच जारी युद्ध अन्त्यको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ। संस्थाले आज एकैदिन अमेरिकी राजदूतावास महाराजगञ्ज, इजरायली राजदूतावास लाजिम्पाट र याक एन्ड यति होटल स्थित इरानी कन्सुलेट कार्यालय अगाडि प्रदर्शन गरेको हो। प्रदर्शनका क्रममा ‘शक्ति राष्ट्रहरू युद्धको पक्षपोषण होइन, युद्ध अन्त्यमा योगदान गर’, ‘अमेरिका, युद्ध रोक, शान्ति कायम गर’ लगायतका नारासहित ब्यानर बोकेर सहभागीहरूले विश्व शान्तिको कामना गरेका थिए। प्रदर्शनकारीहरूका अनुसार अमेरिका, इजरायल र इरानबीच जारी द्वन्द्वले विश्व शान्तिलाई गम्भीर रूपमा प्रभावित पारेको छ। समाजले डोनाल्ड ट्रम्प लाई सम्बोधन गर्दै युद्ध विस्तार हुँदै जानु विश्व शान्तिका लागि ठूलो खतरा भएको उल्लेख गरेको छ। जारी द्वन्द्व तत्काल अन्त्य गरी शान्ति प्रवर्द्धनका लागि विशेष पहल गर्न पन...
दुई सय पचास घडियाल गोही नदीमा छाडियो

दुई सय पचास घडियाल गोही नदीमा छाडियो

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
चितवन राष्ट्रिय निकुञ्ज मा हुर्काइएका घडियाल गोहीमध्ये २५० वटा गोहीलाई राप्ती नदी मा छाडिएको छ। चालु आर्थिक वर्षमा राप्ती नदीका विभिन्न स्थानमा ती गोहीहरू छाडिएका हुन्। गत आर्थिक वर्षमा प्रजनन केन्द्रमा हुर्काइएका १३३ वटा गोही नदीमा छाडिएका थिए। केन्द्र स्थापना भएयता हालसम्म दुई हजार २८० वटा गोही विभिन्न नदीहरूमा छाडिएका छन्। कार्यालयका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार नारायणी नदी मा ४१९, राप्ती नदीमा १,५२५, कालीगण्डकी नदी मा ३५, सप्तकोसी नदी मा १०५ र कर्णाली नदी मा ४१ वटा गोही छाडिएका छन्। त्यसैगरी बबई नदी मा ११०, चौधर नदीमा २५ र बाँकेको पश्चिम राप्ती नदीमा १० वटा गोही छाडिएको जानकारी दिइएको छ। हाल निकुञ्जको प्रजनन केन्द्रमा ५९८ वटा गोही रहेका छन्। करिब पाँच वर्ष उमेर पुगेपछि गोहीलाई नदीमा छाड्ने गरिन्छ। सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि सन् १९८१ देखि गोहीका बच्चा नद...