विदेश घुमाउने नाममा झन्डै ३ करोड ठगी, ७ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–१० थापागाउँमा ‘श्रीटेल होलिडेज’ नामक ट्राभल एजेन्सी सञ्चालन गरी सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ६ जना भारतीय र १ जना नेपाली नागरिक रहेका छन्।

सर्वसाधारणलाई युरोप, एसिया र अफ्रिकासहित १७५ देशमा पर्यटक भिसामा घुम्न पठाउने ‘प्याकेज अफर’ देखाएर आरोपीहरूले ठगी गरेका हुन्। उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले चैत ३ गते थापागाउँस्थित कार्यालयमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सप्तरी कञ्चनरुपका २६ वर्षीय विवेक रेग्मी, भारतका ३९ वर्षीय हुसेन सैयद, ४४ वर्षीय साजिद ओमर सैयद, ३४ वर्षीय महम्मद इमरान, ३३ वर्षीय मिर खालिद हुसेन, ४० वर्षीय रजाक महम्मद र ४२ वर्षीय समादा गिरी रहेका छन्। विवेक रेग्मी बाहेक अन्य सबै भारतीय नागरिक हुन्।

अनुसन्धानका अनुसार आरोपीहरूले करिब २ करोड ७२ लाख रुपैयाँ असुलेका छन्। कार्यालयका एसपी मनोहर भट्टका अनुसार उनीहरूले काठमाडौँ उपत्यकाका विभिन्न सपिङ मलहरूमा ‘ट्राभल डेस्क’ राखी सर्वसाधारणलाई फारम भराएर विवरण सङ्कलन गर्ने गर्थे।

१७५ देशको आकर्षक प्याकेज अफर देखाउँदै ‘खाना–बस्न पैसा लाग्दैन, चिट्ठा परेपछि जानकारी दिइन्छ’ भन्दै उनीहरूले प्रलोभन दिने गरेका थिए। त्यसपछि फोनमार्फत ‘चिट्ठा परेको’ भन्दै कार्यालयमा बोलाएर ७ दिन, १० दिनदेखि ५ वर्षसम्मका प्याकेज देखाई रकम असुल्ने र सम्झौता अनुसार सेवा नदिई ठगी गर्ने गरिएको प्रहरीले जनाएको छ।

उक्त ट्राभल एजेन्सी सरकारी स्वीकृतिबिना सञ्चालन भइरहेको पनि खुलेको छ। पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

उनीहरूविरुद्ध ३२८ जना पीडितहरूले उजुरी दिएका छन्।

छुटाउनुभयो कि ?

जुन अंगमा समस्या, त्यही अंगको पूजा गर्ने अनौठो बिजेश्वरी योगिनी मन्दिर

जुन अंगमा समस्या, त्यही अंगको पूजा गर्ने अनौठो बिजेश्वरी योगिनी मन्दिर

काठमाडौंको शोभा भगवती मन्दिरमाथिको डाँडामा अवस्थित बिजेश्वरी योगिनी मन्दिर धार्मिक आस्था, तान्त्रिक परम्परा र ऐतिहासिक महत्वका क...
जागिरको लागि पुजा गरिने शक्तिपीठ शोभा भगवती मन्दिर

जागिरको लागि पुजा गरिने शक्तिपीठ शोभा भगवती मन्दिर

शोभा भगवती मन्दिर उपत्यकाको प्राचीन तथा प्रसिद्ध शक्तिपीठमध्ये एक मानिन्छ। वर्षभरि दर्शनार्थीको घुइँचो लाग्ने यस मन्दिरमा विशे...
सवारी कारबाहीबाट कर्णालीमा रु १ करोड ३३ लाखभन्दा बढी राजस्व सङ्कलन

सवारी कारबाहीबाट कर्णालीमा रु १ करोड ३३ लाखभन्दा बढी राजस्व सङ्कलन

सुर्खेत। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले गत आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गर...
अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि दुर्गा प्रसाईं रिहा

अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि दुर्गा प्रसाईं रिहा

राजावादी आन्दोलनको घोषणा गरेपछि पक्राउ परेका दुर्गा प्रसाईं एक दिनमै रिहा भएका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता ...
दार्चुलामा ८५ दिनमै झोलुङ्गे पुल निर्माण, उद्घाटनसँगै हर्क साम्पाङले गरे संगठन विस्तार

दार्चुलामा ८५ दिनमै झोलुङ्गे पुल निर्माण, उद्घाटनसँगै हर्क साम्पाङले गरे संगठन विस्तार

खलङ्गा (दार्चुला) — दार्चुलाको व्यास गाउँपालिका–२, काठादुम्लिङमा श्रमदानमार्फत निर्माण गरिएको ७२ मिटर लामो झोलुङ...
टोखा बक्सिङ क्लबको भव्य उद्घाटन, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

टोखा बक्सिङ क्लबको भव्य उद्घाटन, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

काठमाडौं, टोखा। टोखा नगरपालिका–१० स्थित मनोहर माध्यमिक विद्यालय परिसरमा टोखा बक्सिङ क्लबको औपचारिक तथा भव्य उद्घाटन कार्यक्रम ...
बिना हेलमेट बुलेट बाइक चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा

बिना हेलमेट बुलेट बाइक चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा

काठमाडौं। सवारी नियम उल्लंघन गर्दै बिना हेलमेट बुलेट मोटरसाइकल चलाएको घटनामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट...
सिंहदरबार घेराउ गर्न अघि बढेका दृष्टिविहीनलाई प्रहरीले बीचमै रोक्यो

सिंहदरबार घेराउ गर्न अघि बढेका दृष्टिविहीनलाई प्रहरीले बीचमै रोक्यो

काठमाडौं। आफ्ना मागको सम्बोधनका लागि सिंहदरबार घेराउ गर्न माइतीघरबाट अघि बढेका दृष्टिविहीन प्रदर्शनकारीलाई प्रहरीले बीचबाटोमै ...