दुई सय पचास घडियाल गोही नदीमा छाडियो

चितवन राष्ट्रिय निकुञ्ज मा हुर्काइएका घडियाल गोहीमध्ये २५० वटा गोहीलाई राप्ती नदी मा छाडिएको छ। चालु आर्थिक वर्षमा राप्ती नदीका विभिन्न स्थानमा ती गोहीहरू छाडिएका हुन्।

गत आर्थिक वर्षमा प्रजनन केन्द्रमा हुर्काइएका १३३ वटा गोही नदीमा छाडिएका थिए। केन्द्र स्थापना भएयता हालसम्म दुई हजार २८० वटा गोही विभिन्न नदीहरूमा छाडिएका छन्। कार्यालयका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार नारायणी नदी मा ४१९, राप्ती नदीमा १,५२५, कालीगण्डकी नदी मा ३५, सप्तकोसी नदी मा १०५ र कर्णाली नदी मा ४१ वटा गोही छाडिएका छन्।

त्यसैगरी बबई नदी मा ११०, चौधर नदीमा २५ र बाँकेको पश्चिम राप्ती नदीमा १० वटा गोही छाडिएको जानकारी दिइएको छ। हाल निकुञ्जको प्रजनन केन्द्रमा ५९८ वटा गोही रहेका छन्। करिब पाँच वर्ष उमेर पुगेपछि गोहीलाई नदीमा छाड्ने गरिन्छ।

सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि सन् १९८१ देखि गोहीका बच्चा नदीमा छाड्न थालिएको हो। हालसम्म सबैभन्दा धेरै गोही राप्ती नदीमै छाडिएका छन्, जुन नेपालमा गोही पाइने प्रमुख नदीहरूमध्ये एक हो।

गोही छाडिएका नदी किनारबाट अण्डा सङ्कलन गरी प्रजनन केन्द्रमा ह्याचिङ गरेर चल्ला निकाल्ने गरिन्छ। त्यसरी निकालिएका चल्ला हुर्काएर पुनः नदीमा छाड्ने गरिएको छ।

नदीमा छाडिएका बच्चा गोहीमध्ये धेरैजसो बगेर भारततर्फ पुग्ने गरेका छन् भने केही जालमा परेर वा सिकारीको सिकार हुने गरेका छन्। नदी प्रदूषणका कारण पनि गोही उच्च जोखिममा पर्ने गरेको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...