मन्त्री छनोटका लागि रोष्टर बनाउँदै रवि–बालेन

प्रधानमन्त्रीको शपथग्रहणको मिति नजिकिँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरू सम्भावित मन्त्रीहरूको नामबारे छलफलमा जुटेका छन्। पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटसम्बन्धी अनौपचारिक परामर्श भइरहेको एक नेताले जानकारी दिए।

संसद् सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बुधबार पद तथा गोपनीयताको शपथ लिनेछन् र उनैले सांसदहरूलाई शपथ गराउनेछन्।

सांसदहरूको शपथग्रहणलगत्तै रास्वपाले संसदीय दलको बैठक बोलाएर नेता चयन गर्ने तयारी गरेको छ। बैठक चैत १२ मै बस्ने कि चैत १३ मा राख्ने भन्ने विषयमा आन्तरिक छलफल जारी रहेको एक नेताले बताए।

रास्वपा प्रवक्ता मनिष झाले पनि दलको बैठकबारे औपचारिक निर्णय नभएको स्पष्ट पारे। उनका अनुसार अहिलेसम्म सांसदहरूको शपथग्रहणसम्बन्धी सूचना मात्र प्राप्त भएको छ।

रास्वपाले दुई तिहाइ नजिक (१८२ सिट) हासिल गरेकाले संविधानको धारा ७६(१) अनुसार सरकार गठन हुने अवस्था बनेको छ। उक्त व्यवस्थाअनुसार राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछन्। सोही आधारमा रास्वपाले चैत १३ गते प्रधानमन्त्रीको शपथग्रहण गर्ने तयारी गरेको छ।

पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह, उपसभापति डोलप्रसाद अर्याल, स्वर्णिम वाग्लेलगायत नेताहरूबीच भएको छलफलमा सो मितिमा शपथग्रहण गर्ने सहमति बनेको जनाइएको छ।

रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले मन्त्रिपरिषद्को आकार घटाउने नीति अनुसार छलफल भइरहेको बताए। पार्टीले आफ्नो घोषणापत्रमै मन्त्रालयको संख्या १८ मा सीमित गर्ने प्रतिबद्धता जनाएको थियो, जबकि वर्तमान संविधानले अधिकतम २५ मन्त्रालयको व्यवस्था गरेको छ।

‘हामीले घोषणापत्रमै मन्त्रालयको संख्या घटाउने उल्लेख गरेका थियौँ। सोहीअनुसार कम्तीमा १५ र बढीमा १८ मन्त्रालय बनाउने विषयमा छलफल भइरहेको छ,’ बुर्लाकोटीले भने। उनका अनुसार हालसम्म मन्त्रीहरूको नाम टुंगो लगाउने चरणमा भने प्रवेश भइसकेको छैन।

गृह मन्त्रालयमा कसको सम्भावना?

रास्वपाभित्र गृह मन्त्रीका लागि उपसभापति डोलप्रसाद अर्याल (डिपी) र महामन्त्री सुनिल लम्सालको नाम चर्चामा रहेको बताइएको छ। सभापति लामिछाने अर्यालको पक्षमा देखिएका छन् भने बालेन शाहले लम्सालको नाम प्रस्ताव गरेका छन्।

लम्साल बालेन शाह मेयर हुँदा काठमाडौँ महानगरपालिकामा उनको सचिवालयमा कार्यरत थिए। उनी पूर्वाधार विज्ञका रूपमा चिनिन्छन् र बालेनका विश्वासपात्रमध्ये एक मानिन्छन्।

अर्याललाई सभामुखका रूपमा पनि प्रस्ताव गरिएको भए पनि उनले गृह मन्त्रालयप्रति रुचि देखाएको नेताहरूको दाबी छ। यद्यपि, यस विषयमा पार्टी नेतृत्व अन्तिम निष्कर्षमा पुगेको छैन।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालय गाभेर लम्साललाई जिम्मेवारी दिने सम्भावना पनि चर्चा भइरहेको छ।

अन्य सम्भावित नामहरू

उपसभापति स्वर्णिम वाग्ले अर्थमन्त्री बन्ने प्रबल सम्भावना रहेको नेताहरू बताउँछन्। प्रवक्ता मनिष झा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयप्रति इच्छुक छन्।

चितवन–३ बाट निर्वाचित सोबिता गौतमलाई कानुन मन्त्री बनाउने तयारी भइरहेको छ। उनलाई सभामुख बनाउनुपर्ने आवाज पनि उठेको छ। पूर्वउपसभामुख इन्दिरा राना मगरले पनि सभामुख पदमा दाबी गरिरहेकी छन्।

यसैगरी, विराजभक्त श्रेष्ठ, डा. तोसिमा कार्की, सस्मित पोखरेल, राजुनाथ पाण्डे र सुम्निमा उदासलगायत नेताहरूको नाम पनि मन्त्रीका रूपमा चर्चामा छ।

मुख्य सचेतक र सचेतकमा छलफल

महामन्त्री कविन्द्र बुर्लाकोटीलाई मुख्य सचेतक बनाउने र झापा–१ बाट निर्वाचित सांसद निशा डाँगीलाई सचेतक बनाउने विषयमा पनि पार्टीभित्र छलफल अघि बढेको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...