Day: March 23, 2026

उपराष्ट्रपति यादव र बङ्गलादेशका राजदूत रहमानबीच भेटवार्ता

उपराष्ट्रपति यादव र बङ्गलादेशका राजदूत रहमानबीच भेटवार्ता

Breaking News 1, Breaking News 2, अन्तर्वार्ता, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
  उपराष्ट्रपति रामसहायप्रसाद यादव र बङ्गलादेशका राजदूत मो. शफिकुर रहमानबीच भेटवार्ता भएको छ। लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा शुभकामना आदान–प्रदानका साथै द्विपक्षीय सम्बन्धका बहुआयामिक पक्षहरूबारे छलफल भएको उपराष्ट्रपति कार्यालयले जनाएको छ। उपराष्ट्रपति यादवले सन् १९७२ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल–बङ्गलादेशबीच मित्रवत् र सौहार्दपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै, सम्बन्ध सार्वभौमिक समानता, आपसी सम्मान र विश्वासमा आधारित रहेको बताए। उनले बङ्गलादेशसँगको सम्बन्ध नेपालले उच्च महत्त्व दिएको पनि बताए। उपराष्ट्रपति यादवले बङ्गलादेशमा सफलतापूर्वक निर्वाचन सम्पन्न भएकोमा बधाई दिँदै नयाँ सरकारलाई शुभकामना व्यक्त गरे। साथै नेपालमा पनि प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भई नयाँ सरकार गठनको प्रक्रियामा रहेको उल्लेख गर्दै, दुवै देशका सरकारबीच सहकार्य ...
फिल्म ‘लालिमा’ को ९ दिनको व्यापार ५ लाख मात्र

फिल्म ‘लालिमा’ को ९ दिनको व्यापार ५ लाख मात्र

Breaking News 1, Breaking News 2, आजको विशेष, कला/साहित्य, ताजा अपडेट, बागमती, मनोरञ्जन, समाचार
फिल्म ‘लालिमा’ २९ फागुनमा प्रदर्शनमा आएको पहिलो फिल्म हो। एकल प्रदर्शन अवसर पाएको भए पनि फिल्मले अपेक्षित व्यापार गर्न सकेको छैन। ९ दिनमा फिल्मले जम्मा ५ लाख रुपैयाँ मात्र आम्दानी गरेको छ। चलचित्र विकास बोर्डले गत शनिबार रातिसम्म सार्वजनिक गरेको बक्स अफिस रिपोर्टअनुसार, फिल्मको कुल आम्दानी ५ लाख २९ हजार ७३८ रुपैयाँ रहेको छ। यस अवधिमा फिल्मका टिकट २ हजार ४० वटा मात्र बिक्री भएका छन्। फिल्म रोशन मिराजको निर्देशनमा बनेको हो र यसमा रोशनी कार्की, उषा रजक, शिशिर वाङ्देल, जीवन भट्टराई, सबिन कट्टेल, घनश्याम जोशी र सुष्मा निरौलाजस्ता कलाकारहरूले अभिनय गरेका छन्। तीन हजार यौनकर्मीको जीवन अनुभवमा आधारित यो फिल्म फेथ आस्था र एम्पिफाई चेन्जको सहकार्यमा निर्माण गरिएको हो। फिल्मको कार्यकारी निर्माता रीना लामा हुन् भने लेखक र निर्देशक रोशन मिराज आफैं हुन्।...
मन्त्री छनोटका लागि रोष्टर बनाउँदै रवि–बालेन

मन्त्री छनोटका लागि रोष्टर बनाउँदै रवि–बालेन

Breaking News 1, Breaking News 2, ताजा अपडेट, बागमती, राजनीति, समाचार
प्रधानमन्त्रीको शपथग्रहणको मिति नजिकिँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरू सम्भावित मन्त्रीहरूको नामबारे छलफलमा जुटेका छन्। पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटसम्बन्धी अनौपचारिक परामर्श भइरहेको एक नेताले जानकारी दिए। संसद् सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बुधबार पद तथा गोपनीयताको शपथ लिनेछन् र उनैले सांसदहरूलाई शपथ गराउनेछन्। सांसदहरूको शपथग्रहणलगत्तै रास्वपाले संसदीय दलको बैठक बोलाएर नेता चयन गर्ने तयारी गरेको छ। बैठक चैत १२ मै बस्ने कि चैत १३ मा राख्ने भन्ने विषयमा आन्तरिक छलफल जारी रहेको एक नेताले बताए। रास्वपा प्रवक्ता मनिष झाले पनि दलको बैठकबारे औपचारिक निर्णय नभएको स्पष्ट पारे। उनका अनुसार अहिलेसम्म सांसदहरूको शपथग्रहणसम्बन्धी सूचना मा...
रवि लामिछानेको मुद्दामा आज आदेश आउँदै

रवि लामिछानेको मुद्दामा आज आदेश आउँदै

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदैछ। आइतबार महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतको मागअनुसार लामिछानेको मुद्दा फिर्तासम्बन्धी निर्णय संशोधनको फाइल सर्वोच्च अदालतमा पेस गरेको थियो। यसअघि, बिहीबार सर्वोच्च अदालतका न्यायाधीश सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले अभियोगपत्र संशोधनका लागि दिइएको निर्देशन र त्यससँग सम्बन्धित कागजातहरू महान्यायाधिवक्ताको कार्यालयबाट झिकाउन आदेश दिएको थियो। गत पुस ३० गते महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्धको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय गरेपछि सो विषयमा सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो।...