उपराष्ट्रपति यादव र बङ्गलादेशका राजदूत रहमानबीच भेटवार्ता

उपराष्ट्रपति रामसहायप्रसाद यादव र बङ्गलादेशका राजदूत मो. शफिकुर रहमानबीच भेटवार्ता भएको छ।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा शुभकामना आदान–प्रदानका साथै द्विपक्षीय सम्बन्धका बहुआयामिक पक्षहरूबारे छलफल भएको उपराष्ट्रपति कार्यालयले जनाएको छ।

उपराष्ट्रपति यादवले सन् १९७२ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल–बङ्गलादेशबीच मित्रवत् र सौहार्दपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै, सम्बन्ध सार्वभौमिक समानता, आपसी सम्मान र विश्वासमा आधारित रहेको बताए। उनले बङ्गलादेशसँगको सम्बन्ध नेपालले उच्च महत्त्व दिएको पनि बताए।

उपराष्ट्रपति यादवले बङ्गलादेशमा सफलतापूर्वक निर्वाचन सम्पन्न भएकोमा बधाई दिँदै नयाँ सरकारलाई शुभकामना व्यक्त गरे। साथै नेपालमा पनि प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भई नयाँ सरकार गठनको प्रक्रियामा रहेको उल्लेख गर्दै, दुवै देशका सरकारबीच सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गरे।

भेटमा राजदूत रहमानले नेपाल–बङ्गलादेश सम्बन्ध आपसी विश्वासमा आधारित रहेको र जनता–जनताबीचको सम्बन्धमा निहित रहेको बताए। उनले वाणिज्य, शिक्षा र ऊर्जा क्षेत्रमा सहकार्यलाई प्राथमिकता दिन सकिने र हाल नेपालले प्राप्त गर्दै आएको ४० मेगावाट विद्युत् आपूर्ति ६० मेगावाट पुर्‍याउने अनुरोधसमेत गरे।

छुटाउनुभयो कि ?

सम्पत्ति छानबिन समितिले दोस्रो दिन पनि पूर्व गृहमन्त्री सुधन गुरुङसँग बयान लियो

सम्पत्ति छानबिन समितिले दोस्रो दिन पनि पूर्व गृहमन्त्री सुधन गुरुङसँग बयान लियो

काठमाडौं । सरकारले गठन गरेको सम्पत्ति छानबिन समितिले निवर्तमान गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राष्ट...
प्रधानमन्त्री साहले लोकतन्त्रको अपमान गरिरहेको एमाले सांसदको आरोप

प्रधानमन्त्री साहले लोकतन्त्रको अपमान गरिरहेको एमाले सांसदको आरोप

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद नीता घतानीले प्रधानमन्त्री वालेन्द्र साहले लोकतन्त्रको मर्यादा उल्लङ्घन ...
तीव्र गतिमा गुड्ने हेभी सवारीबारे सांसद अनुष्का श्रेष्ठको संसदमा ध्यानाकर्षण

तीव्र गतिमा गुड्ने हेभी सवारीबारे सांसद अनुष्का श्रेष्ठको संसदमा ध्यानाकर्षण

अनुष्का श्रेष्ठ ले अत्यधिक भारवाहक सवारीसाधनको तीव्र गतिका कारण सर्वसाधारणको ज्यान जोखिममा परेको भन्दै संसदमार्फत सरकारको ध्या...
भन्सार छलेर ल्याइएका ११ लाखभन्दा बढी मूल्यका सामान बरामद

भन्सार छलेर ल्याइएका ११ लाखभन्दा बढी मूल्यका सामान बरामद

नेपालगन्ज, जेठ १२ गते । भारतबाट सय रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा अनिवार्य भन्सार महसुल तिर्नुपर्ने नियम कडाइका साथ ल...
विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिसहित जवाफको माग गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा निरन्तर अवरोध गरेपछि ...
रास्वपा सांसदको अभिव्यक्तिपछि संसद्‌मा तनाव, बैठक १५ मिनेटका लागि स्थगित

रास्वपा सांसदको अभिव्यक्तिपछि संसद्‌मा तनाव, बैठक १५ मिनेटका लागि स्थगित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलको अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा मंगलबार तनाव उत्पन्न भएको छ। विपक...
काठमाडौं फर्किइन् सगरमाथा आरोहण गर्ने पहिलो ट्रान्स महिला निलम पौडेल

काठमाडौं फर्किइन् सगरमाथा आरोहण गर्ने पहिलो ट्रान्स महिला निलम पौडेल

काठमाडौं । सगरमाथाको सफल आरोहण गरेकी नेपालकी ट्रान्स महिला निलम पौडेल काठमाडौं फर्किएकी छिन् । गत शनिबार सगरमाथा सफलतापूर्वक...
निर्दोष ठहरिएका थुनुवालाई राज्यले क्षतिपूर्ति दिनुपर्छ : सांसद यज्ञमणि न्यौपाने

निर्दोष ठहरिएका थुनुवालाई राज्यले क्षतिपूर्ति दिनुपर्छ : सांसद यज्ञमणि न्यौपाने

Yagya Mani Neupane ले आपराधिक आरोपमा पुर्पक्षका लागि थुनामा राखिएका व्यक्ति पछि अदालतबाट निर्दोष प्रमाणित भएमा राज्यले अनिवार्य ...