
पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओली पक्राउ परेपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) का कार्यकर्ताहरू विरोधमा उत्रिएका छन्।
ललितपुरको च्यासलस्थित पार्टी कार्यालय नजिक कार्यकर्ताहरूले टायर बाल्दै कार्की आयोगको प्रतिवेदनको प्रति जलाएर विरोध जनाएका हुन्। उक्त क्षेत्रमा प्रहरीको उपस्थिति सीमित देखिएको छ।
प्रदर्शनका क्रममा केही कार्यकर्ताले सञ्चारकर्मीप्रति आक्रामक व्यवहार देखाएकोसमेत जानकारी प्राप्त भएको छ। सरकारले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका हुन्।
यसको विरोधमा एमालेले देशभर आन्दोलन गर्ने तयारी गरेको जनाएको छ।
यस घटनापछि देशको राजनीतिक वातावरण थप तनावपूर्ण बन्दै गएको छ।