काठमाडौंमा ओली पक्राउ विरोध: ७ प्रदर्शनकारी पक्राउ
१४ चैत, काठमाडौं – सिंहदरबारको दक्षिण गेटबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीको विरोधमा उत्रिएका ७ प्रदर्शनकारी पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंले ती सात जनालाई हिरासतमा राखेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, “हामीले ७ जनालाई नियन्त्रणमा लिएर राखेका छौं। निषेधित क्षेत्रमा पुगेका उनीहरूलाई नियन्त्रणमा लिइएको हो।”
प्रदर्शनकारीहरू माइतीघर पुगेर कोणसभा गरेका थिए। यसअघि, गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा पनि दमन भएको थियो। उक्त आन्दोलनको बेला ओली प्रधानमन्त्री र कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए। ओली र लेखक पक्राउ परेपछि एमालेले विरोधमा प्रदर्शन सुरु गरेको हो।...














