

हास्य टेलीश्रृंखला ‘हर्के हवलदार’का निर्देशक इन्द्र दोङ लामा, निर्देशकसहितका कलाकारहरू हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ले लामालाई पार्टीमा स्वागत गर्दै तस्बिर सार्वजनिक गरेका छन्। उनले फेसबुकमा लेखेका छन्, “जय माटो भन्ने टोली थप्दै।”

साथै, साम्पाङले करिब ८० जनालाई पार्टी सदस्यता प्रदान गरिएको बताएका छन्।
तस्बिरमा निर्देशक इन्द्र दोङ लामा र कलाकार राजेन्द्र गिरी साम्पाङको हातबाट पार्टी सदस्यता ग्रहण गर्दै देखिएका छन्।