Day: March 31, 2026

बालबालिकालाई जीवनोपयोगी सीप र विपद् उद्धार तालिमका लागि विद्यालय पाठ्यक्रममा कार्यक्रम समावेश

बालबालिकालाई जीवनोपयोगी सीप र विपद् उद्धार तालिमका लागि विद्यालय पाठ्यक्रममा कार्यक्रम समावेश

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार, सुरक्षा
गृहमन्त्री सुदन गुरुङ ले सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल सँगको छलफलमा बालबालिकालाई सानै उमेरदेखि जीवनोपयोगी सीप विकास गराउने उद्देश्यले विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी कार्यक्रम समावेश गर्ने पहल सुरु भएको जानकारी दिएका छन्। यस कार्यक्रमका लागि सशस्त्र प्रहरी बल (एपीएफ) लाई आवश्यक तयारी अघि बढाउन निर्देशन दिइएको छ। गुरुङले शिक्षा मन्त्रालयसँग समन्वय गरी कार्यक्रम कार्यान्वयन गर्ने योजना अघि सारेका छन्। कार्यक्रमले बालबालिकालाई प्राकृतिक विपद्का समयमा सुरक्षित रहने तरिका, प्राथमिक उद्धार सीप तथा सचेतनामूलक ज्ञान प्रदान गर्ने लक्ष्य राखेको छ। यसमार्फत विद्यार्थीहरूलाई व्यवहारिक ज्ञानसहित आपत्कालीन अवस्थाको सामना गर्न सक्षम बनाउने अपेक्षा गरिएको छ। संबन्धित निकायहरूबीच आवश्यक सहकार्य गरी परियोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने जनाइएको छ।...
वैदेशिक रोजगारीका लागि स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाको नवीकरण प्रक्रिया खुला

वैदेशिक रोजगारीका लागि स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाको नवीकरण प्रक्रिया खुला

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूको नवीकरण प्रक्रिया खुला गरेको छ। मन्त्रालयका अनुसार, मन्त्रिस्तरबाट भएको निर्णयअनुसार नेपाल सरकारबाट स्वीकृति प्राप्त वा नेपाल सरकारको स्वामित्वमा रहेका स्वास्थ्य संस्थालाई कामदारको स्वास्थ्य परीक्षणका लागि सूचीकरण खुला गरिनेछ। स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमन सम्बन्धी कार्यविधि, २०७२ को दफा ३ अनुसार आवश्यक प्रक्रिया अघि बढाइने सहसचिव तथा प्रवक्ता पिताम्बर घिमिरे ले जानकारी दिएका छन्। वैदेशिक रोजगार ऐन, २०६४ को दफा ७२(१) अनुसार, विदेश जाने कामदारले स्वीकृत स्वास्थ्य संस्थाबाट अनिवार्य स्वास्थ्य परीक्षण गराउनुपर्छ। त्यस्तै, वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ४५क(९) ले सरकारी स्वामित्वका स्वास्थ्य संस्थाबाट परीक्षण गराउन कुनै बाधा नपर्ने व्यवस्था ...
गभर्नर पौडेललाई प्रधानमन्त्रीको ढाडस— स्वतन्त्र रूपमा नडराई काम गर्न आग्रह

गभर्नर पौडेललाई प्रधानमन्त्रीको ढाडस— स्वतन्त्र रूपमा नडराई काम गर्न आग्रह

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
प्रधानमन्त्री बालेन्द्र शाह ले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल लाई स्वतन्त्र र निडर भएर काम गर्न आग्रह गरेका छन्। राष्ट्र बैंकका एक अधिकारीका अनुसार सोमबार प्रधानमन्त्री र गभर्नरबीच भेटवार्ता भएको थियो। भेटमा देशको समग्र आर्थिक अवस्थाको सुधारबारे छलफल भएको थियो। प्रधानमन्त्रीले सम्पत्ति शुद्धीकरण नियन्त्रणमा कडा कदम चाल्न सुझाव दिएका थिए भने आर्थिक विकासका लागि राष्ट्र बैंकका सुझावहरू आवश्यक रहेको बताएका थिए। साथै, इरानमा जारी द्वन्द्वले नेपालको अर्थतन्त्रमा पार्न सक्ने प्रभावबारे अध्ययन गरी तयारी अवस्थामा रहन पनि आग्रह गरेका थिए। गभर्नर पौडेलले आर्थिक गतिविधि चलायमान बनाउने, सार्वजनिक वित्त सुधार गर्ने लगायतका उपायबारे आफ्नो धारणा प्रस्तुत गरेका थिए।...
सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, ब्यापार, समाचार
स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ। सुन तोलामा रु ६,७०० र चाँदी रु १४५ ले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु २,९०,२०० र चाँदीको मूल्य रु ४,८४५ कायम भएको छ। हिजो सोमबार छापावाल सुन प्रतितोला रु २,८३,५०० र चाँदी रु ४,७०० मा कारोबार भएको थियो। गत आइतबार सुन प्रतितोला रु २,८६,००० र चाँदी रु ४,७२० मा रहेको थियो। अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य एक औँसमा ४,५६० अमेरिकी डलर र चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।...
‘हर्के हवलदार’का निर्देशकसहित कलाकारहरू श्रम संस्कृति पार्टीमा प्रवेश

‘हर्के हवलदार’का निर्देशकसहित कलाकारहरू श्रम संस्कृति पार्टीमा प्रवेश

Breaking News 1, Breaking News 2, आजको विशेष, कोशी प्रदेश, ताजा अपडेट, बागमती, समाचार
हास्य टेलीश्रृंखला ‘हर्के हवलदार’का निर्देशक इन्द्र दोङ लामा, निर्देशकसहितका कलाकारहरू हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ले लामालाई पार्टीमा स्वागत गर्दै तस्बिर सार्वजनिक गरेका छन्। उनले फेसबुकमा लेखेका छन्, “जय माटो भन्ने टोली थप्दै।” साथै, साम्पाङले करिब ८० जनालाई पार्टी सदस्यता प्रदान गरिएको बताएका छन्। तस्बिरमा निर्देशक इन्द्र दोङ लामा र कलाकार राजेन्द्र गिरी साम्पाङको हातबाट पार्टी सदस्यता ग्रहण गर्दै देखिएका छन्।...