चैतेदसैँमा बागलुङ कालिका मन्दिरमा ३७ लाखभन्दा बढी भेटी सङ्कलन

गलकोट — चैतेदसैँको अवसरमा बागलुङस्थित कालिका भगवती मन्दिरमा यस वर्ष रु ३७ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ। कालिका गुठी व्यवस्थापन समितिका अनुसार नवरात्र अवधिभर कुल रु ३७ लाख २५ हजार ५५५ भेटी प्राप्त भएको हो। गत वर्षको तुलनामा यस वर्ष करिब रु पाँच लाखले कमी आएको जनाइएको छ। अघिल्लो वर्ष चैतेदसैँमा रु ४२ लाख भेटी सङ्कलन भएको थियो।

गण्डकी प्रदेशकै प्रमुख शक्तिपीठमध्ये पर्ने ऐतिहासिक बागलुङ कालिका मन्दिरमा यस वर्ष चैतेदसैँभर सात लाखभन्दा बढी भक्तजनले दर्शन गरी भेटी चढाएका थिए। समितिका अध्यक्ष भूपेन्द्र खड्काका अनुसार नवरात्रको पहिलो दिन चैत ५ गते रु १ लाख १७ हजारदेखि सुरु भएर क्रमशः चैत ६ गते रु १ लाख ५३ हजार, चैत ७ गते रु ४ लाख ३८ हजार, चैत ८ गते रु १ लाख ७० हजार, चैत ९ गते रु १ लाख ७१ हजार र चैत १० गते रु ४ लाख ९२ हजार सङ्कलन भएको थियो।

त्यसैगरी चैत ११ गते रु ३ लाख, मुख्य दिन चैत १२ गते सबैभन्दा धेरै रु १० लाख ४४ हजार भेटी सङ्कलन भएको थियो। नवमीका दिन रु ४ लाख ८० हजार र दशमीमा रु ३ लाख ५५ हजार ७३५ उठेको समितिले जनाएको छ।

अध्यक्ष खड्काका अनुसार मुख्य दिनमा सबैभन्दा बढी भक्तजनको भीड लागेको थियो भने अष्टमीका दिन मात्रै चार लाखभन्दा बढी श्रद्धालु आएका कारण ट्राफिक व्यवस्थापनमा समेत चुनौती भएको थियो। वर्षाका कारण केही भक्तजनको सङ्ख्यामा कमी आउँदा भेटी पनि केही घटेको उनले बताए।

उक्त मन्दिरमा वडा दसैँ, चैतेदसैँ तथा हरेक शनिबार र मंगलबार विशेष पूजाआजा हुने गर्दछ। अक्षता, बोका तथा कुखुराको टाउको, परेवा उडाउने शुल्क, विवाह तथा व्रतबन्ध सेवा र पण्डितबाट बुझाइने दस्तुरबाट मन्दिरको आम्दानी हुने गरेको छ।

ऐतिहासिक रूपमा विसं १५९१ मा पर्वतका राजा प्रतापीनारायण सिंह मल्लले पाल्पाका राजा मनिमुकुन्द सेनकी छोरीसँग विवाह गर्दा राजकुमारीले दाइजोका रूपमा ल्याएको कालिका देवीको मूर्ति यही स्थानमा स्थापना गरिएको मानिन्छ। सोही मूर्तिलाई अहिलेको कालिका मन्दिरमा प्रतिष्ठापित गरी पूजा हुँदै आएको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...