Day: April 1, 2026

गृहमन्त्री सुधन गुरुङद्वारा मन्त्रालयमै सर्वसाधारणका गुनासा सुन्ने व्यवस्था

गृहमन्त्री सुधन गुरुङद्वारा मन्त्रालयमै सर्वसाधारणका गुनासा सुन्ने व्यवस्था

Breaking News 1, Breaking News 2, English, अन्तर्राष्ट्रिय, आजको विशेष, कोशी प्रदेश, खेलकुद, गण्डकी, ताजा अपडेट, धर्म / संस्कृति, पर्यटन, प्रदेश समाचार, ब्यापार, मधेस प्रदेश, राजनीति, विचार, समाचार
गृहमन्त्री सुधन गुरुङद्वारा मन्त्रालयमै सर्वसाधारणका गुनासा सुन्ने व्यवस्था काठमाडौं — गृहमन्त्री सुधन गुरुङले सर्वसाधारणका समस्या प्रत्यक्ष रूपमा बुझ्न मन्त्रालयमै बोलाएर गुनासा सुन्ने व्यवस्था सुरु गरेका छन्। यस क्रममा देशका विभिन्न स्थानबाट आएका नागरिकहरूले आफ्ना समस्या र पीडा गृहमन्त्रीसमक्ष राखेका थिए। गुनासा राख्ने अधिकांशले अझै पनि न्याय प्राप्ति सहज नभएको गुनासो गरेका छन्। उनीहरूले पहुँच र शक्तिका आधारमा अन्याय सहनुपरेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराएका छन्। कार्यक्रममा सहभागीहरूले गृहमन्त्रीसँग प्रत्यक्ष भेटघाट गर्न पाएकोमा खुसी व्यक्त गर्दै आफ्ना अनुभव पनि साझा गरेका थिए। एक सहभागीले भने, “धेरै गृहमन्त्री आए, तर तपाईँजस्तो सर्वसाधारणको आवाज सुन्ने व्यक्ति पाउन सकेनौँ। हाम्रो कुरा सुन्नुभएकोमा धन्यवाद।” गृहमन्त्री गुरुङले उठेका गुनासालाई गम्भीरतापूर्वक लिँदै समा...
कञ्चनपुर – यातायात कार्यालयमा बिचौलियाको प्रवेश निषेध

कञ्चनपुर – यातायात कार्यालयमा बिचौलियाको प्रवेश निषेध

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
यातायात व्यवस्था कार्यालय, महेन्द्रनगरले अब कार्यालय परिसरमा बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध गरेको छ। सेवाग्राहीलाई अनावश्यक दुःख, हैरानी र आर्थिक ठगी बढेको गुनासो आएपछि कार्यालयले औपचारिक सूचना जारी गर्दै यस्तो निर्णय गरेको हो। कार्यालय प्रमुख रवीन्द्र चौधरीका अनुसार केही व्यक्तिहरूले सवारीसाधन बीमा, नवीकरण वा निरोगिता प्रमाणपत्र बनाइदिने भन्दै सेवाग्राहीलाई प्रलोभनमा पार्ने, अतिरिक्त रकम लिने र हैरानी दिने गरेको गुनासो कार्यालयमा पटक–पटक आएको छ। त्यसैले बिचौलियालाई कार्यालय प्रवेशमा रोक लगाइएको हो। उनले थपे, यस प्रकारका गतिविधिले कार्यालय सेवा अव्यवस्थित र ढिला हुने भएकाले, निषेध गरिएको क्षेत्रमा प्रवेश गरी सेवाग्राहीलाई दुःख दिने व्यक्तिको कानुनबमोजिम कारबाही गरिनेछ। कार्यालयले सेवाग्राहीलाई सीधै सम्बन्धित शाखा वा कर्मचारीसँग सम्पर्क गर्न आग्रह गरेको छ र कुनै पनि सेवा लिन ब...
विपद् उद्धारका लागि दुई हेलिकप्टर तयारी अवस्थामा राखिने : गृहमन्त्री गुरुङ

विपद् उद्धारका लागि दुई हेलिकप्टर तयारी अवस्थामा राखिने : गृहमन्त्री गुरुङ

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं — गृहमन्त्री सुधन गुरुङले विपद्मा परेका नागरिकको शीघ्र उद्धार सुनिश्चित गर्न दुई वटा हेलिकप्टर सधैं तयारी अवस्थामा राखिने बताएका छन्। चैत १७ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षणका क्रममा उनले यस्तो बताएका हुन्। विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीले ज्यानको जोखिम मोलेर नागरिक उद्धारमा खटिएकोप्रति आभार व्यक्त गर्दै मन्त्री गुरुङले नागरिकको जीवनभन्दा ठूलो कुनै कुरा नभएको उल्लेख गरे। उनले आपतकालीन अवस्थामा सेवा र सुरक्षामा कुनै कमी नआउने गरी गृहमन्त्रालय र सुरक्षा निकायलाई उच्च सतर्कतामा रहन निर्देशन दिए। विगतमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा तालिम लिएको स्मरण गर्दै उनले कोभिड–१९ महामारी तथा सीमा सुरक्षाका काममा आफूले सुरक्षा निकायसँग नजिकबाट सहकार्य गरिसकेको बताए। त्यसले सुरक्षाकर्मीको जिम्मेवारी र चुनौतीबारे आफू जानकार रहेको उनको भन...
चैतेदसैँमा बागलुङ कालिका मन्दिरमा ३७ लाखभन्दा बढी भेटी सङ्कलन

चैतेदसैँमा बागलुङ कालिका मन्दिरमा ३७ लाखभन्दा बढी भेटी सङ्कलन

Breaking News 1, Breaking News 2, गण्डकी, ताजा अपडेट, बागमती, समाचार
गलकोट — चैतेदसैँको अवसरमा बागलुङस्थित कालिका भगवती मन्दिरमा यस वर्ष रु ३७ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ। कालिका गुठी व्यवस्थापन समितिका अनुसार नवरात्र अवधिभर कुल रु ३७ लाख २५ हजार ५५५ भेटी प्राप्त भएको हो। गत वर्षको तुलनामा यस वर्ष करिब रु पाँच लाखले कमी आएको जनाइएको छ। अघिल्लो वर्ष चैतेदसैँमा रु ४२ लाख भेटी सङ्कलन भएको थियो। गण्डकी प्रदेशकै प्रमुख शक्तिपीठमध्ये पर्ने ऐतिहासिक बागलुङ कालिका मन्दिरमा यस वर्ष चैतेदसैँभर सात लाखभन्दा बढी भक्तजनले दर्शन गरी भेटी चढाएका थिए। समितिका अध्यक्ष भूपेन्द्र खड्काका अनुसार नवरात्रको पहिलो दिन चैत ५ गते रु १ लाख १७ हजारदेखि सुरु भएर क्रमशः चैत ६ गते रु १ लाख ५३ हजार, चैत ७ गते रु ४ लाख ३८ हजार, चैत ८ गते रु १ लाख ७० हजार, चैत ९ गते रु १ लाख ७१ हजार र चैत १० गते रु ४ लाख ९२ हजार सङ्कलन भएको थियो। त्यसैगरी चैत ११ गते रु ३ लाख, मुख्य दिन चैत १२ गते...