विपद् उद्धारका लागि दुई हेलिकप्टर तयारी अवस्थामा राखिने : गृहमन्त्री गुरुङ

काठमाडौं — गृहमन्त्री सुधन गुरुङले विपद्मा परेका नागरिकको शीघ्र उद्धार सुनिश्चित गर्न दुई वटा हेलिकप्टर सधैं तयारी अवस्थामा राखिने बताएका छन्। चैत १७ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षणका क्रममा उनले यस्तो बताएका हुन्।

विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीले ज्यानको जोखिम मोलेर नागरिक उद्धारमा खटिएकोप्रति आभार व्यक्त गर्दै मन्त्री गुरुङले नागरिकको जीवनभन्दा ठूलो कुनै कुरा नभएको उल्लेख गरे। उनले आपतकालीन अवस्थामा सेवा र सुरक्षामा कुनै कमी नआउने गरी गृहमन्त्रालय र सुरक्षा निकायलाई उच्च सतर्कतामा रहन निर्देशन दिए।

विगतमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा तालिम लिएको स्मरण गर्दै उनले कोभिड–१९ महामारी तथा सीमा सुरक्षाका काममा आफूले सुरक्षा निकायसँग नजिकबाट सहकार्य गरिसकेको बताए। त्यसले सुरक्षाकर्मीको जिम्मेवारी र चुनौतीबारे आफू जानकार रहेको उनको भनाइ थियो।

मन्त्री गुरुङले विपद् सुरु हुनुअघि नै आवश्यक तयारी पूरा गर्न निर्देशन दिँदै सशस्त्र प्रहरीको जनशक्ति फिल्डमा केन्द्रित हुनुपर्ने बताए। साथै सीमा क्षेत्रमा हुने अवैध चोरीपैठारी तथा तस्करी नियन्त्रणमा मन्त्रालय कडाइका साथ अघि बढ्ने उल्लेख गरे।

सशस्त्र प्रहरीमा लामो समयसम्म एउटै पदमा काम गर्नुपर्ने अवस्थाको अन्त्य गर्न पहल गरिने जनाउँदै उनले सरुवा, बढुवा र सेवा सुविधामा पारदर्शिता कायम गरिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मन्त्रीबाट प्राप्त निर्देशनले संगठनको मनोबल उच्च भएको बताउँदै कार्यक्षेत्रमा थप जिम्मेवार र परिणाममुखी बन्न प्रेरणा मिलेको बताए। उनले संगठनको कार्यक्षमता अभिवृद्धिका लागि पुराना नियमावली परिमार्जन आवश्यक रहेको पनि उल्लेख गरे।

त्यस्तै, तल्लो तहका कर्मचारीको जीवनयापन कठिन भएकाले उनीहरूको परिवारको शिक्षा र स्वास्थ्यमा राज्यले विशेष ध्यान दिनुपर्ने उनको सुझाव थियो। कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठसहित सशस्त्र प्रहरीका उच्च अधिकृतहरूको उपस्थिति रहेको थियो।

छुटाउनुभयो कि ?

जुन अंगमा समस्या, त्यही अंगको पूजा गर्ने अनौठो बिजेश्वरी योगिनी मन्दिर

जुन अंगमा समस्या, त्यही अंगको पूजा गर्ने अनौठो बिजेश्वरी योगिनी मन्दिर

काठमाडौंको शोभा भगवती मन्दिरमाथिको डाँडामा अवस्थित बिजेश्वरी योगिनी मन्दिर धार्मिक आस्था, तान्त्रिक परम्परा र ऐतिहासिक महत्वका क...
जागिरको लागि पुजा गरिने शक्तिपीठ शोभा भगवती मन्दिर

जागिरको लागि पुजा गरिने शक्तिपीठ शोभा भगवती मन्दिर

शोभा भगवती मन्दिर उपत्यकाको प्राचीन तथा प्रसिद्ध शक्तिपीठमध्ये एक मानिन्छ। वर्षभरि दर्शनार्थीको घुइँचो लाग्ने यस मन्दिरमा विशे...
सवारी कारबाहीबाट कर्णालीमा रु १ करोड ३३ लाखभन्दा बढी राजस्व सङ्कलन

सवारी कारबाहीबाट कर्णालीमा रु १ करोड ३३ लाखभन्दा बढी राजस्व सङ्कलन

सुर्खेत। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले गत आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गर...
अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि दुर्गा प्रसाईं रिहा

अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि दुर्गा प्रसाईं रिहा

राजावादी आन्दोलनको घोषणा गरेपछि पक्राउ परेका दुर्गा प्रसाईं एक दिनमै रिहा भएका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता ...
दार्चुलामा ८५ दिनमै झोलुङ्गे पुल निर्माण, उद्घाटनसँगै हर्क साम्पाङले गरे संगठन विस्तार

दार्चुलामा ८५ दिनमै झोलुङ्गे पुल निर्माण, उद्घाटनसँगै हर्क साम्पाङले गरे संगठन विस्तार

खलङ्गा (दार्चुला) — दार्चुलाको व्यास गाउँपालिका–२, काठादुम्लिङमा श्रमदानमार्फत निर्माण गरिएको ७२ मिटर लामो झोलुङ...
टोखा बक्सिङ क्लबको भव्य उद्घाटन, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

टोखा बक्सिङ क्लबको भव्य उद्घाटन, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

काठमाडौं, टोखा। टोखा नगरपालिका–१० स्थित मनोहर माध्यमिक विद्यालय परिसरमा टोखा बक्सिङ क्लबको औपचारिक तथा भव्य उद्घाटन कार्यक्रम ...
बिना हेलमेट बुलेट बाइक चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा

बिना हेलमेट बुलेट बाइक चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा

काठमाडौं। सवारी नियम उल्लंघन गर्दै बिना हेलमेट बुलेट मोटरसाइकल चलाएको घटनामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट...
सिंहदरबार घेराउ गर्न अघि बढेका दृष्टिविहीनलाई प्रहरीले बीचमै रोक्यो

सिंहदरबार घेराउ गर्न अघि बढेका दृष्टिविहीनलाई प्रहरीले बीचमै रोक्यो

काठमाडौं। आफ्ना मागको सम्बोधनका लागि सिंहदरबार घेराउ गर्न माइतीघरबाट अघि बढेका दृष्टिविहीन प्रदर्शनकारीलाई प्रहरीले बीचबाटोमै ...