नेपालका वरिष्ठ क्यान्सर विशेषज्ञ डा. प्रकाशराज न्यौपानेको निधन

काठमाडौँ — नेपालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ तथा सर्जिकल अंकोलोजिस्ट डा. प्रकाशराज न्यौपानेको ६४ वर्षको उमेरमा निधन भएको छ। पित्त नलीमा हुने क्यान्सर (कोलान्जिओ कार्सिनोमा)बाट पीडित रहेका उनको आज बिहान ५:५८ बजे पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पताल स्रोतले पुष्टि गरेको छ।

डा. न्यौपाने पछिल्लो एक वर्षदेखि क्यान्सरसँग संघर्षरत थिए र पछिल्ला एक महिना पाटन अस्पतालमै उपचाररत थिए। उनको उपचारमा मेडिकल अंकोलोजिस्ट डा. अरुण शाही नेतृत्वको टोली संलग्न थियो। डा. शाहीले डा. न्यौपानेको निधनले नेपालको क्यान्सर उपचार क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन्।

डा. न्यौपाने पेट, कलेजो, प्यान्क्रियाज, थाइरोइड, स्तन, मृगौला तथा छालासम्बन्धी क्यान्सरको शल्यक्रियामा विशेषज्ञ थिए। उनले नेपालमा सर्जिकल अंकोलोजीको विकास र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। भक्तपुर क्यान्सर अस्पतालमा मेडिकल डाइरेक्टरको रूपमा कार्यरत उनले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पूर्व अध्यक्षका रूपमा पनि योगदान पुर्‍याएका थिए।

पछिल्लो समय उनी बीएण्डबी अस्पताल, काठमाडौँ क्यान्सर सेन्टर र नेपाल अर्बुद रोग निवारण संस्थासँग आवद्ध थिए। तीन दशकभन्दा बढी समय चिकित्सा क्षेत्रमा समर्पित डा. न्यौपानेले हजारौँ बिरामीको जीवन बचाउन योगदान पुर्‍याए।

उनको निधनप्रति स्वास्थ्यकर्मी, चिकित्सक संघ र विभिन्न संस्थाहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। सामाजिक सञ्जालमा पनि चिकित्सक र सर्वसाधारणले उनको योगदानको प्रशंसा गर्दै शोक व्यक्त गरिरहेका छन्। डा. न्यौपानेको निधनसँगै नेपालको क्यान्सर उपचार क्षेत्रले एक अनुभवी, समर्पित र दूरदर्शी चिकित्सक गुमाएको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...