Day: April 3, 2026

जलविद्युत् सुधारमा निक्कीको जोड, नीतिगत सुधारप्रति सरकार प्रतिबद्ध

जलविद्युत् सुधारमा निक्कीको जोड, नीतिगत सुधारप्रति सरकार प्रतिबद्ध

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
काठमाडौँ। नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपालको जलविद्युत् क्षेत्रमा नीतिगत सुधार, लगानीमैत्री वातावरण र भारतसँगको ऊर्जा सहकार्य सुदृढ गर्न प्रस्ताव अघि सारेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ ले निजी क्षेत्रका सुझावलाई सकारात्मक रूपमा लिँदै प्रमाणमा आधारित नीतिगत सुधारमार्फत दीर्घकालीन समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। निक्कीले स्वीकृति प्रक्रियामा सरलीकरण, निकायहरूबीच समन्वय वृद्धि र सीमापार विद्युत् व्यापार विस्तारमा जोड दिएको छ। अध्यक्ष सुनिल केसी ले लगानीकर्ताको विश्वास पुनःस्थापित गर्न पूर्वानुमानयोग्य नीतिगत वातावरण आवश्यक रहेको बताए। त्यस्तै, नयाँ दिल्लीमा ‘नेपाल–भारत ऊर्जा फोरम’ आयोजना गर्ने प्रस्तावसहित संयुक्त कार्यदल गठन गरी कानुनी तथा नीतिगत अवरोध हटाउनुपर्ने सुझाव पनि दिइएको छ। मन्त्री श्रेष्ठले नयाँ विद्युत् नीति ल्...
महिला उद्यमशीलता सामाजिक रूपान्तरण र राष्ट्रिय विकासको आधार : उपराष्ट्रपति यादव

महिला उद्यमशीलता सामाजिक रूपान्तरण र राष्ट्रिय विकासको आधार : उपराष्ट्रपति यादव

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, मधेस प्रदेश, समाचार
काठमाडौँ। उपराष्ट्रपति रामसहाय यादव ले महिला उद्यमशीलता व्यक्तिगत आर्थिक सशक्तीकरणमा मात्र सीमित नभई सामाजिक रूपान्तरण र राष्ट्रिय विकासको महत्वपूर्ण आधार भएको बताएका छन्। शुक्रबार महिला उद्यमी महासंघ नेपाल द्वारा आयोजित नवौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्घाटन गर्दै उनले महिलाले उद्यममार्फत आफ्नो क्षमता प्रदर्शन गर्दा परिवार, समाज र राष्ट्रको समग्र विकासमा टेवा पुग्ने उल्लेख गरे। उनका अनुसार महिला उद्यमशीलताले महिलालाई आत्मनिर्भर बनाउनुका साथै स्थानीय सीप र उत्पादनलाई बजारसम्म पुर्‍याउने र अर्थतन्त्र सुदृढ बनाउने भूमिका खेलिरहेको छ। स्वदेशी उत्पादनलाई प्राथमिकता दिने उद्यमशीलता आत्मनिर्भरता र राष्ट्रनिर्माणतर्फको महत्वपूर्ण कदम भएको उनले बताए। मेला २२ गतेसम्म सञ्चालन हुने छ। मेलामा देशका विभिन्न जिल्लाका घरेलु, साना तथा मझौला महिला उद्यमी, व्यवसायी तथा निर्यातकर्त...
वैदेशिक रोजगार विभागद्वारा ३५२ व्यवसायीको ठगी सूची सार्वजनिक

वैदेशिक रोजगार विभागद्वारा ३५२ व्यवसायीको ठगी सूची सार्वजनिक

Breaking News 1, Breaking News 2, आजको विशेष, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
वैदेशिक रोजगार विभागले श्रमिक ठगी गर्ने ३५२ म्यानपावर व्यवसायी र म्यानपावरमा कार्यरत कर्मचारीहरूको सूची सार्वजनिक गरेको छ। विभागकी महानिर्देशक मीरा आचार्यका अनुसार, ठगीमा परेका श्रमिकले दिएको उजुरीको आधारमा प्रारम्भिक अनुसन्धान गर्दा ठगी पुष्टि भएकाले आरोपितहरूको नाम, ठेगाना र ठगी रकम सार्वजनिक गरिएको हो। उनले भनिन्, “उजुरीपछि गरिएको प्रारम्भिक अनुसन्धानमा ठगी पुष्टि भएकाले संदिग्धहरूको नाम सार्वजनिक गरिएको हो। यीमध्ये कतिपयलाई अनुसन्धानको दायरामा ल्याउन अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ भने केहीको पक्राउ पुर्जीका लागि अनुमति लिने काम भइरहेको छ।” आचार्यले थप भनिन् कि विभागले श्रमिक ठगी गर्ने व्यवसायी र म्यानपावर कर्मचारीविरुद्ध कानुनी कारबाहीमा पनि सक्रियता बढाएको छ। “श्रमिक ठगेर व्यवसाय चलाउन खोज्नेविरुद्ध हामी निरन्तर कारबाही गरिरहेका छौँ। अब भने अलि एग्रेसिभ भएर अनुसन्धान र कारबाही...
उपसभामुखबारे संविधान र अभ्यासअनुसार निर्णय गर्छौँ : रवि लामिछाने

उपसभामुखबारे संविधान र अभ्यासअनुसार निर्णय गर्छौँ : रवि लामिछाने

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उपसभामुखबारे कुनै दलसँग पनि छलफल नभएको बताएका छन्। शुक्रबार सिंहदरबारस्थित संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सभामुखको निर्वाचनपछि संविधान र विगतको अभ्यास हेरेर मात्र निर्णय लिइने स्पष्ट पारे। ‘पहिले सभामुखको काम सकौँ, त्यसपछि उपसभामुखबारे छलफल गरौँला। यस विषयमा कुनै दलसँग छलफल भएको छैन। संविधान र विगतका अभ्यासलाई हेरेर हामी निर्णयमा पुग्छौँ,’ उनले भने।...
रेबिज नियन्त्रणका लागि कुकुर–बिरालो बन्ध्याकरण अभियान सम्पन्न

रेबिज नियन्त्रणका लागि कुकुर–बिरालो बन्ध्याकरण अभियान सम्पन्न

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार, स्वस्थ्य
चितवनको कालिका नगरपालिकाले सामुदायिक कुकुर तथा बिरालोबाट रेबिज फैलन नदिन स्थायी बन्ध्याकरण तथा रेबिजविरुद्ध खोप अभियान सञ्चालन गरेको छ। नगरपालिकाका अनुसार सामुदायिक कुकुर–बिरालो जङ्गली जनावरसँग सम्पर्कमा आउने भएकाले रोग फैलिने जोखिम उच्च हुने हुँदा अभियान सञ्चालन गरिएको हो। पशु चिकित्सक डा. राजुप्रसाद न्यौपानेका अनुसार नेपाल सरकारको लक्ष्यअनुसार रेबिज नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। चैत १२ देखि १४ गतेसम्म सञ्चालन गरिएको अभियानमा २७२ कुकुर र २ बिरालोको स्थायी बन्ध्याकरण गरिएको छ। बन्ध्याकरणसँगै रेबिजविरुद्ध खोप लगाउने र स्वास्थ्य परीक्षण गरी आवश्यक उपचारसमेत गरिएको जनाइएको छ। नेपाल सरकारले सन् २०३० सम्म रेबिजका कारण हुने मानव मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको छ। सोही लक्ष्यअनुसार ‘एनिमल बर्थ कन्ट्रोल’ कार्यक्रमअन्तर्गत अभियान सञ्चालन गरिएको हो।...
नेकपा निर्वाचन परिणामको समीक्षा र अगाडि बढ्ने योजना

नेकपा निर्वाचन परिणामको समीक्षा र अगाडि बढ्ने योजना

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
नेपाली कम्युनिस्ट पार्टीले आन्तरिक र बाह्य कारणले निर्वाचनमा अस्वाभाविक परिणाम आएको निष्कर्ष निकालेको छ। आन्तरिक कारणमा सामाजिक रूपान्तरण नहुनु, संगठनात्मक समायोजन नहुनु, विचारधारात्मक कामको कमी, युवाहरूको कम सहभागिता, वामशक्ति एकताबद्ध नहुनु, परिवर्तनको महत्व बुझाउन नसक्नु, र भएका कामको प्रचार नहुनु रहेका छन्। यस्तै, सिद्धान्त र व्यवहारमा अन्तर, अवसरवादी प्रवृत्ति, व्यक्तिवादी कार्यशैली, प्राविधिक जनशक्ति र स्रोतको कमी, विकल्पका रूपमा प्रस्तुत हुन नसक्नुलाई पनि कारण मानिएको छ। बाह्य कारणमा पुराना दलविरोधी अभियान, वामशक्तिमाथिको प्रहार, भूराजनीतिक तथा बाह्य शक्तिकेन्द्रको चलखेल, डिजिटल प्रचार, लोकप्रियतावादी शक्तिको प्रभाव, र विदेशमा बस्ने नेपालीको भूमिका रहेका छन्। नेकपाले यसलाई ‘असामान्य अवस्थामा भएको निर्वाचनको परिणाम’ भनेर विश्लेषण गरेको छ। समीक्षामा पार्टीले प्रविधिको प्रभाव, परम्पर...
नेपालका वरिष्ठ क्यान्सर विशेषज्ञ डा. प्रकाशराज न्यौपानेको निधन

नेपालका वरिष्ठ क्यान्सर विशेषज्ञ डा. प्रकाशराज न्यौपानेको निधन

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौँ — नेपालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ तथा सर्जिकल अंकोलोजिस्ट डा. प्रकाशराज न्यौपानेको ६४ वर्षको उमेरमा निधन भएको छ। पित्त नलीमा हुने क्यान्सर (कोलान्जिओ कार्सिनोमा)बाट पीडित रहेका उनको आज बिहान ५:५८ बजे पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पताल स्रोतले पुष्टि गरेको छ। डा. न्यौपाने पछिल्लो एक वर्षदेखि क्यान्सरसँग संघर्षरत थिए र पछिल्ला एक महिना पाटन अस्पतालमै उपचाररत थिए। उनको उपचारमा मेडिकल अंकोलोजिस्ट डा. अरुण शाही नेतृत्वको टोली संलग्न थियो। डा. शाहीले डा. न्यौपानेको निधनले नेपालको क्यान्सर उपचार क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन्। डा. न्यौपाने पेट, कलेजो, प्यान्क्रियाज, थाइरोइड, स्तन, मृगौला तथा छालासम्बन्धी क्यान्सरको शल्यक्रियामा विशेषज्ञ थिए। उनले नेपालमा सर्जिकल अंकोलोजीको विकास र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। भक्तपुर क्यान्सर अस्पतालमा...
आत्महत्या दुरुत्साहन आरोपमा दुई पक्राउ

आत्महत्या दुरुत्साहन आरोपमा दुई पक्राउ

Breaking News 1, Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, समाचार
कल्याणपुर (सप्तरी), चैत २० — छात्रावासमा भएको कुटपिट घटनापछि एक युवकलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा सप्तरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा खडक नगरपालिका–१० का ४९ वर्षीय धिरेन्द्र प्रसाद चौधरी र सिरहाको लहान नगरपालिका–२० स्थायी घर भई हाल खडक–७ स्थित फुलेश्वर पब्लिक बोर्डिङ स्कुलमा कार्यरत ४१ वर्षीय भोला मण्डल रहेका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार चैत ७ गते राति खडक–७, कल्याणपुरस्थित सो विद्यालयको छात्रावासमा बस्दै आएका धिरेन्द्र साहसँग मोबाइल फेला परेपछि विद्यालय सञ्चालक चौधरी र उनका सहयोगीले मोबाइल मागेका थिए। ‘साथीको हो’ भन्दै दिन नमानेपछि साहमाथि कुटपिट गरिएको थियो। कुटपिटपछि पीडितलाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा फरार रहेका दुवै जनालाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो। पक्...