नेकपा निर्वाचन परिणामको समीक्षा र अगाडि बढ्ने योजना

नेपाली कम्युनिस्ट पार्टीले आन्तरिक र बाह्य कारणले निर्वाचनमा अस्वाभाविक परिणाम आएको निष्कर्ष निकालेको छ। आन्तरिक कारणमा सामाजिक रूपान्तरण नहुनु, संगठनात्मक समायोजन नहुनु, विचारधारात्मक कामको कमी, युवाहरूको कम सहभागिता, वामशक्ति एकताबद्ध नहुनु, परिवर्तनको महत्व बुझाउन नसक्नु, र भएका कामको प्रचार नहुनु रहेका छन्। यस्तै, सिद्धान्त र व्यवहारमा अन्तर, अवसरवादी प्रवृत्ति, व्यक्तिवादी कार्यशैली, प्राविधिक जनशक्ति र स्रोतको कमी, विकल्पका रूपमा प्रस्तुत हुन नसक्नुलाई पनि कारण मानिएको छ।

बाह्य कारणमा पुराना दलविरोधी अभियान, वामशक्तिमाथिको प्रहार, भूराजनीतिक तथा बाह्य शक्तिकेन्द्रको चलखेल, डिजिटल प्रचार, लोकप्रियतावादी शक्तिको प्रभाव, र विदेशमा बस्ने नेपालीको भूमिका रहेका छन्। नेकपाले यसलाई ‘असामान्य अवस्थामा भएको निर्वाचनको परिणाम’ भनेर विश्लेषण गरेको छ।

समीक्षामा पार्टीले प्रविधिको प्रभाव, परम्परागत संगठन र प्रचार शैलीले अब चुनाव जित्न नसक्ने, र अब चुनाव विचार र मुद्दामा नभई प्रविधिमा आधारित हुने देखिएको उल्लेख गरेको छ।

नेकपाले प्रभावकारी रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने, प्रदेश र स्थानीय तहमा जनपक्षीय काममा जोड दिने, तथा नेता र कार्यकर्ताको जीवनशैली र आचरण सुधार गर्ने योजना बनाएको छ। संगठन, वैचारिक, आर्थिक र प्राविधिक कामको ठोस कार्ययोजना बनाएर अगाडि बढ्ने तयारी छ।

यसअन्तर्गत पार्टी एकता राष्ट्रिय महाधिवेशन ६ महिनाभित्र सम्पन्न गर्ने, पालिका तहसम्मका सबै संगठन समायोजन वा नयाँ संगठन निर्माण गर्ने, तीन महिनाभित्र सबै वडामा संगठन निर्माण गर्ने, सदस्यता नवीकरण गर्ने र पाँच महिनाभित्र वडा, पालिका, जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गर्ने योजना रहेको छ। साथसाथै नेतृत्वको पुनर्गठन, सैद्धान्तिक÷वैचारिक प्रशिक्षण अभियान सञ्चालन र व्यवस्थित पाठ्यक्रम निर्माण गर्ने तयारी पनि छ।

छुटाउनुभयो कि ?

अब ‘खोज तथा पुनःप्राप्ति’ अभियानमा सरकार

अब ‘खोज तथा पुनःप्राप्ति’ अभियानमा सरकार

रसुवा–भोटेकोशी बाढी : अब ‘खोज तथा पुनःप्राप्ति’ अभियानमा सरकार काठमाडौँ । रसुवा–भोटेकोशी बाढीपछि सरकारले नियमित उद्धारको सट्टा खो...
प्रधानमन्त्री शाहको आग्रह

प्रधानमन्त्री शाहको आग्रह

प्रधानमन्त्री शाहको आग्रह : सांसदहरूले आफ्नो विज्ञता देश विकासमा लगाउनुपर्छ काठमाडौं । प्रधानमन्त्री Balendra Shahले प्रा...
दशैं–तिहारमा नयाँ नोट साट्न अब निश्चित मिति कुर्न नपर्ने

दशैं–तिहारमा नयाँ नोट साट्न अब निश्चित मिति कुर्न नपर्ने

दशैं–तिहारमा नयाँ नोट साट्न अब निश्चित मिति कुर्न नपर्ने काठमाडौं । यस वर्षको दशैं–तिहारलाई लक्षित गर्दै सर्वसाधारणका लागि नयाँ न...
सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
अशोक दर्जीको शालीन प्रतिक्रिया : ‘टंक दाइ’ मेरो कर्म दिने बुवा हुनुहुन्छ, उहाँलाई केही भन्ने अधिकार छ

अशोक दर्जीको शालीन प्रतिक्रिया : ‘टंक दाइ’ मेरो कर्म दिने बुवा हुनुहुन्छ, उहाँलाई केही भन्ने अधिकार छ

काठमाडौं । संगीतकार टंक बुढाथोकीले हिजो सार्वजनिक रूपमा व्यक्त गरेका भनाइलाई लिएर गायक अशोक दर्जीले आफ्नो धारणा सार्वजनिक गरेका ...
सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फरार

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फरार

जनकपुरधाम । सिरहामा प्रहरीको घेराबन्दी तोडेर भागेको एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद भएको छ। प्रहरीले एम्बुलेन्स नियन्त्रणमा ल...
ऋषिपञ्चमीमा मनोरथ तीर्थधाममा सप्तऋषिको पूजा–आराधना गर्दै नारीहरू

ऋषिपञ्चमीमा मनोरथ तीर्थधाममा सप्तऋषिको पूजा–आराधना गर्दै नारीहरू

हिजो हरितालिका तीज पर्व मनाएपछि आज ऋषिपञ्चमीका अवसरमा टोखा नगरपालिका–११ स्थित ऐतिहासिक तथा प्रसिद्ध मनोरथ तीर्थ...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...