वैदेशिक रोजगार विभागद्वारा ३५२ व्यवसायीको ठगी सूची सार्वजनिक

वैदेशिक रोजगार विभागले श्रमिक ठगी गर्ने ३५२ म्यानपावर व्यवसायी र म्यानपावरमा कार्यरत कर्मचारीहरूको सूची सार्वजनिक गरेको छ। विभागकी महानिर्देशक मीरा आचार्यका अनुसार, ठगीमा परेका श्रमिकले दिएको उजुरीको आधारमा प्रारम्भिक अनुसन्धान गर्दा ठगी पुष्टि भएकाले आरोपितहरूको नाम, ठेगाना र ठगी रकम सार्वजनिक गरिएको हो। उनले भनिन्, “उजुरीपछि गरिएको प्रारम्भिक अनुसन्धानमा ठगी पुष्टि भएकाले संदिग्धहरूको नाम सार्वजनिक गरिएको हो। यीमध्ये कतिपयलाई अनुसन्धानको दायरामा ल्याउन अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ भने केहीको पक्राउ पुर्जीका लागि अनुमति लिने काम भइरहेको छ।”

आचार्यले थप भनिन् कि विभागले श्रमिक ठगी गर्ने व्यवसायी र म्यानपावर कर्मचारीविरुद्ध कानुनी कारबाहीमा पनि सक्रियता बढाएको छ। “श्रमिक ठगेर व्यवसाय चलाउन खोज्नेविरुद्ध हामी निरन्तर कारबाही गरिरहेका छौँ। अब भने अलि एग्रेसिभ भएर अनुसन्धान र कारबाहीलाई अघि बढाउन लागिएको छ,” उनले स्पष्ट पारिन्।

उनले ठगीमा परेका श्रमिकलाई यथेष्ट प्रमाणसहित उजुरी दिन आग्रह गर्दै भनेकी छन् कि दिनहुँ उजुरीको चाप बढिरहेकोले थप कर्मचारी व्यवस्थापनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग समन्वय भइरहेको छ। यसअन्तर्गत विभागले ठगीमा संलग्न सबै व्यवसायीलाई कानूनी दायरामा ल्याएर पीडित श्रमिकलाई न्याय दिलाउने प्रतिबद्धता व्यक्त गरेको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...