जेनजी आन्दोलनका घाइते भेट्न गृहमन्त्री गुरुङ केएमसी अस्पतालमा, डा. सुनिल शर्मालाई धन्यवाद

काठमाडौँ।

सुधन गुरुङ जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन केएमसी अस्पताल पुग्नुभएको छ। घाइतेहरूको निःशुल्क उपचार व्यवस्थापन गरिरहनुभएका पूर्व सांसद डा. सुनिल शर्मा लाई गृहमन्त्री गुरुङले धन्यवाद व्यक्त गर्नुभएको छ।

गृह मन्त्रालयको जिम्मेवारी सम्हालेपछि निरन्तर सक्रिय रहनुभएका मन्त्री गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल को निरीक्षण सम्पन्न गरेलगत्तै सिधै अस्पताल पुगेर घाइतेहरूको अवस्था बुझ्नुभएको थियो। सो अवसरमा उहाँले डा. शर्मासँग भेटघाट गर्दै उपचारको अवस्थाबारे जानकारी लिनुभएको हो।

अस्पताल प्रशासनका अनुसार अधिकांश घाइतेहरू उपचारपछि डिस्चार्ज भइसकेका छन् भने केही अझै गम्भीर अवस्थामा रहेकाले अस्पतालमै निःशुल्क उपचार भइरहेको छ। डा. शर्माले सबै घाइतेहरूको निःशुल्क उपचार सुनिश्चित गरिएको बताउनुभयो।

भेटका क्रममा गृहमन्त्री गुरुङले घाइतेहरूको उपचारमा देखाएको समर्पणको उच्च प्रशंसा गर्दै भन्नुभयो, “तपाईंले घाइतेहरूको मात्रै होइन, उहाँहरूको परिवारको पीडा पनि कम गर्नुभएको छ। यस्तो सेवा निरन्तर रहोस्, तपाईंप्रति सधैं सम्मान रहनेछ।” उहाँले डा. शर्मालाई अंकमाल गर्दै आभार व्यक्त गर्नुभएको थियो।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...