Day: April 4, 2026

प्रधानमन्त्री कप : गण्डकी प्रदेश ३९ रनले विजयी

प्रधानमन्त्री कप : गण्डकी प्रदेश ३९ रनले विजयी

Breaking News 1, Breaking News 2, आजको विशेष, खेलकुद, ताजा अपडेट, बागमती, राजनीति, समाचार
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा गण्डकी प्रदेशले कोशी प्रदेशलाई ३९ रनले पराजित गरेको छ। वीरगञ्जको नारायणी रंगशालामा सुरु भएको खेलमा पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २२७ रन बनाएको थियो। गण्डकीका अर्जुन कुमालले १०२ रन बनाए भने विपिन खत्रीले ७६ रन योगदान गरे। कोशी प्रदेशले जबाबी ब्याटिङमा ५० ओभरमा नौ विकेट गुमाउँदै १८८ रनमा मात्र समेटियो। कोशीका दिपेश कँडेलले ५२ रन र आशिष मगरले ३० रन जोडे। गण्डकीका सिव्रिन श्रेष्ठले तीन विकेट लिए भने अपराजित पौडेलले दुई विकेट लिए। आजको खेलको उत्कृष्ट प्रदर्शनको आधारमा गण्डकी प्रदेशका अर्जुन कुमाललाई ‘म्यान अफ दि म्याच’ घोषणा गरिएको छ। प्रतियोगितामा तीन विभागीय टोली—नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब—सहित सात प्रदेशका टोली गरी जम्मा १० टोलीको ...
चण्डेश्वरी मन्दिरमा सिंहका दुई मूर्ति स्थापना, स्थानीय सहभागिताले झल्कियो एकता र आस्था

चण्डेश्वरी मन्दिरमा सिंहका दुई मूर्ति स्थापना, स्थानीय सहभागिताले झल्कियो एकता र आस्था

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, धर्म / संस्कृति, बागमती, समाचार
टोखा नगरपालिका–२ स्थित चन्देश्वरी मन्दिर परिसरमा आज दुईवटा भव्य सिंहका मूर्तिहरू विधिवत् रूपमा स्थापना गरिएको छ। धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको यस मन्दिरको सौन्दर्य र गरिमा बढाउने उद्देश्यले गरिएको उक्त कार्यले स्थानीयवासीमा थप उत्साह र श्रद्धा जगाएको छ। मूर्ति स्थापना कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, वडा नं. ११ का वडा अध्यक्ष घनश्याम खड्का तथा वडा नं. ८ का वडा अध्यक्ष रमेश खत्री लगायतको महत्वपूर्ण लगानी, पहल र सक्रिय सहयोग रहेको थियो। उहाँहरूको समन्वय र प्रतिबद्धताले यो कार्य सफलतापूर्वक सम्पन्न भएको हो। यसका साथै, कार्यक्रमलाई सफल बनाउन स्थानीय गाउँबासी तथा टोलबासीहरूको उल्लेखनीय सहभागिता र अतुलनीय सहयोग देखिएको थियो। सबैको साझा प्रयास, सहयोग र समर्पणले मात्र यस्ता धार्मिक तथा सामाजिक कार्यहरू सम्भव हुने सन्देश समेत यस कार्यक्रमले दिएको ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु हैरानी गर्ने १८ जना नियन्त्रणमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु हैरानी गर्ने १८ जना नियन्त्रणमा

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौँ प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा यात्रुलाई दुर्व्यवहार तथा हैरानी दिने १८ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार ती व्यक्तिहरूले विमानस्थलमा आउने यात्रुलाई आफूले चिनेका होटलमा लैजाने प्रलोभन देखाउँदै कमिसन असुल्ने गरेका थिए। यस क्रममा केहीले यात्रुमाथि दुर्व्यवहार समेत गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। नियन्त्रणमा लिइएकामध्ये १० जना प्रत्यक्ष रूपमा यात्रुसँग कमिसन लिने र हैरानीमा संलग्न रहेको पुष्टि भएको प्रहरीले जनाएको छ। बाँकीमाथि समेत अनुसन्धान भइरहेको छ। प्रहरीले यस्तो अवैध गतिविधि नियन्त्रणका लागि विमानस्थल क्षेत्रमा निगरानी बढाइएको जनाएको छ भने संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य पनि जारी रहेको बताइएको छ।...
फेवाताल किनारमा डोजर, ‘वाटर फ्रन्ट’मा पनि संरचना हटाइयो

फेवाताल किनारमा डोजर, ‘वाटर फ्रन्ट’मा पनि संरचना हटाइयो

Breaking News 1, Breaking News 2, आजको विशेष, गण्डकी, ताजा अपडेट, बागमती, राजनीति, समाचार
पोखराको फेवाताल किनारमा मापदण्डविपरीत बनेका अस्थायी संरचना हटाउने अभियान सुरु गरिएको छ। गृह मन्त्रालयको निर्देशनअनुसार शनिबार बिहानैदेखि तालको ६५ मिटर भित्र पर्ने संरचनामा डोजर चलाइएको हो। यस क्रममा चर्चित पर्यटन व्यवसायी कर्ण शाक्यको ‘वाटर फ्रन्ट’ होटलमा पनि डोजर लगाइएको छ। होटलको स्विमिङ पुल, गेट लगायतका संरचना भत्काइएको प्रहरीले जनाएको छ। कास्की प्रहरीका प्रवक्ता डीएसपी हरीबहादुर बस्नेतका अनुसार जिल्ला प्रहरी, बैदाम प्रहरी, नगर प्रहरी र सशस्त्र प्रहरीसहित करिब डेढ सय सुरक्षाकर्मी परिचालन गरिएको छ। संरचना हटाउने क्रममा केही स्थानीयले असन्तुष्टि जनाएका छन्। यसअघि फेवातालको अवस्थाबारे प्रधानमन्त्री वालेन्द्र शाह र पोखरा महानगरका मेयर धनराज आचार्यबीच टेलिफोन संवाद भएको थियो।...
जेनजी आन्दोलनका घाइते भेट्न गृहमन्त्री गुरुङ केएमसी अस्पतालमा, डा. सुनिल शर्मालाई धन्यवाद

जेनजी आन्दोलनका घाइते भेट्न गृहमन्त्री गुरुङ केएमसी अस्पतालमा, डा. सुनिल शर्मालाई धन्यवाद

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार, स्वस्थ्य
काठमाडौँ। सुधन गुरुङ जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन केएमसी अस्पताल पुग्नुभएको छ। घाइतेहरूको निःशुल्क उपचार व्यवस्थापन गरिरहनुभएका पूर्व सांसद डा. सुनिल शर्मा लाई गृहमन्त्री गुरुङले धन्यवाद व्यक्त गर्नुभएको छ। गृह मन्त्रालयको जिम्मेवारी सम्हालेपछि निरन्तर सक्रिय रहनुभएका मन्त्री गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल को निरीक्षण सम्पन्न गरेलगत्तै सिधै अस्पताल पुगेर घाइतेहरूको अवस्था बुझ्नुभएको थियो। सो अवसरमा उहाँले डा. शर्मासँग भेटघाट गर्दै उपचारको अवस्थाबारे जानकारी लिनुभएको हो। अस्पताल प्रशासनका अनुसार अधिकांश घाइतेहरू उपचारपछि डिस्चार्ज भइसकेका छन् भने केही अझै गम्भीर अवस्थामा रहेकाले अस्पतालमै निःशुल्क उपचार भइरहेको छ। डा. शर्माले सबै घाइतेहरूको निःशुल्क उपचार सुनिश्चित गरिएको बताउनुभयो। भेटका क्रममा गृहमन्त्री गुरुङले घा...