सबै अस्पतालमा डिजिटल रिपोर्ट प्रणाली लागू गरिने : स्वास्थ्यमन्त्री मेहता

काठमाडौं । स्वास्थ्यमन्त्री निशा मेहताले सबै सरकारी अस्पतालमा छिट्टै डिजिटल रूपमा रिपोर्ट निकाल्ने व्यवस्था लागू गरिने बताएकी छन्।

आइतबार काठमाडौंको वीर अस्पतालको अनुगमनका क्रममा बिरामी तथा आफन्तहरूको गुनासो सुन्दै उनले उपचारका लागि आउने सेवाग्राहीले अब डिजिटल रूपमा नै रिपोर्ट प्राप्त गर्न सक्ने व्यवस्था गर्न लागिएको बताइन्।

अस्पतालमा परीक्षण रिपोर्ट आउन ढिलाइ हुँदा समस्या हुने गरेको गुनासो बिरामीहरूले गरेका थिए। अस्पताल प्रशासनले भने दैनिक करिब ५ हजार बिरामीले बहिरंग सेवा लिने भएकाले रिपोर्ट वितरणमा ढिलाइ भएको जनाएको छ।

मन्त्री मेहताले स्वास्थ्य परीक्षणको रिपोर्ट लिन अब अस्पताल धाउन नपर्ने गरी छिट्टै डिजिटल प्रणाली लागू गरिने उल्लेख गरिन्।

साथै उनले अस्पतालमा उपचारका क्रममा बिरामीलाई बाहिरबाट औषधि किन्नुपर्ने अवस्था अन्त्य गर्न पनि अस्पताल प्रशासनको ध्यानाकर्षण गराइन्। अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले समग्र स्वास्थ्य क्षेत्र सुधारका योजना छिट्टै सार्वजनिक गरिने जानकारी दिइन्। सरकारले निर्देशन दिएपछि सार्वजनिक बिदाका दिन आइतबार पनि अस्पतालहरूमा बहिरंग सेवा सञ्चालन गरिएको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...