पुलिसलाई हराउँदै झापा–११ फाइनलमा

विराटनगरमा जारी ‘नोबेल विराट गोल्डकप’को ३८औँ संस्करणमा पूर्वविजेता झापा–११ फाइनलमा प्रवेश गरेको छ।

विराटनगरस्थित सहिद मैदानमा बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै झापाले उपाधि भिडन्त पक्का गरेको हो।

झापाको जितमा फागुराम थारूले गरेको एक मात्र गोल नै निर्णायक बन्यो। उनले खेलको ६७औँ मिनेटमा ‘सेकेन्ड बार’ नजिकबाट गरेको शक्तिशाली प्रहार जालीमा परिणत हुँदा झापाको जित सुनिश्चित भएको थियो।

यस जितसँगै झापाले १० वर्षअघिको हारको बदला पनि लिएको छ। २०७२ सालमा भएको विराट गोल्डकपको फाइनलमा झापा र पुलिसबीच भएको प्रतिस्पर्धामा पुलिसले १–० ले नै जित हासिल गरेको थियो। तर, एक दशकपछि सोही मैदानमा उही नतिजा उल्टाउँदै झापाले फाइनल यात्रा तय गरेको हो।

खेलको ‘प्लेयर अफ द म्याच’ झापा–११ का सोलोमन किङ घोषित भए। उनले नगद ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

अब झापाले उपाधिका लागि बिहीबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो सेमिफाइनलमा घरेलु टोली सम्राट स्पोर्ट्स क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ। चर्च ब्वाइजले एपीएफ क्लबलाई १–० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो भने सम्राट स्पोर्ट्सले भारतको बिरसा मुण्डा स्पोर्ट्स एकेडेमीलाई ३–१ ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो।

प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ तथा उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...