प्रधानमन्त्री बालेनसँग मुख्यमन्त्रीहरूको गुनासा
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले विभिन्न प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन् । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको छलफलमा प्रदेशमा देखिएका समस्या, विकास निर्माणको अवस्था लगायत विषयमा जानकारी लिइएको छ ।
वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँका अनुसार स्रोत–साधनको समुचित बाँडफाँट, प्रशासनिक तथा आर्थिक समस्या समाधानका विषयमा पनि छलफल भएको थियो ।
उनले तीन तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्वको विषय उठाइएको तथा प्रदेशले पाउने अनुदान घट्दै गएको र गौरव आयोजनामा समस्या देखिएको जानकारी प्रधानमन्त्रीलाई गराएको बताए ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको समग्र अवस्थाबारे प्रधानमन्त्रीलाई अवगत गराइएको बताए । उनका अनुसार संविधानले दिएको अधिकार कार्यान्वयनमा चुनौती देखिएको तथा संघीय सरकारका केही परिपत्र संविधानअनुकूल ...













