ब्रिटिस गोर्खा समुदायको नागरिकता निरन्तरताको माग, गृहमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ । बेलायती सेनामा सेवा गरेका गोर्खा सैनिक तथा उनीहरूका सन्ततिहरूले नागरिकता निरन्तरताको सुनिश्चितताका लागि कानुनी व्यवस्था परिमार्जन गर्न माग गरेका छन् । यस विषयमा उनीहरूले सम्बन्धित पक्षसँग भेट गरी गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

हाल प्रचलित नागरिकता सम्बन्धी कानुनअनुसार स्वेच्छाले विदेशी नागरिकता लिने नेपाली नागरिकका सन्तानको नागरिकता स्वतः खारेज हुने व्यवस्था रहेको छ । उक्त प्रावधानले आफूहरू प्रभावित भएको भन्दै ब्रिटिस गोर्खा समुदायले आपत्ति जनाएको छ ।

ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी) का अध्यक्ष थर्क रानाले नागरिकता ऐनको वर्तमान व्यवस्था संशोधन गरी गोर्खा सैनिक र उनीहरूका सन्ततिलाई विशेष प्रावधानमार्फत निरन्तर नागरिकता सुनिश्चित गर्नुपर्ने धारणा राखेका छन् ।

उनीहरूले विशेष गरी सन् १९४७ को त्रिपक्षीय सन्धिअनुसार बेलायत सरकारको व्यवस्थामा भर्ती भई सेवा गरेका वा सेवामा रहेका गोर्खा सैनिक तथा तिनका वंशजका हकमा विद्यमान कानुनी व्यवस्था लागू नहुने गरी स्पष्ट प्रावधान समावेश गर्न प्रस्ताव गरेका छन् ।

यसै सन्दर्भमा भूपू कल्याणकारी समितिका अध्यक्ष हुमबहादुर थापाले राजनीतिक प्रतिबद्धताअनुसार “एक पटकको नेपाली सधैँको नेपाली” भन्ने अवधारणालाई व्यवहारमा लागू गर्नुपर्ने बताएका छन् ।

गृहमन्त्री गुरुङले उठाइएका मागप्रति सकारात्मक धारणा व्यक्त गर्दै सम्बन्धित विषयलाई कानून मन्त्रालयमार्फत संसदमा प्रस्तुत गरी आवश्यक छलफल अघि बढाइने प्रतिबद्धता जनाएका छन् ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...