मातातीर्थ औँसीमा प्रधानमन्त्री बालेन्द्र शाहको शुभकामना: “म नेपाल आमा हाँसेको हेर्न चाहन्छु

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मातातीर्थ औँसी तथा ‘आमाको मुख हेर्ने दिन’ को अवसरमातातीर्थ औँसीमा प्रधानमन्त्री बालेन्द्र शाहको शुभकामना: “म नेपाल आमा हाँसेको हेर्न चाहन्छु”मा देशभरका आमाहरूप्रति शुभकामना व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै आमा र मातृभूमिको महिमा अत्यन्त उच्च रहेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री शाहले संस्कृत श्लोक उद्धृत गर्दै “जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” अर्थात् आमा र मातृभूमि स्वर्गभन्दा पनि महान् हुने बताएका छन् ।

सन्देशमा उनले आमाको काखलाई सन्तानका लागि सबैभन्दा सुरक्षित र न्यानो आश्रयका रूपमा वर्णन गर्दै आमाहरू माया, त्याग र सृष्टिको अनुपम स्रोत भएको उल्लेख गरेका छन् ।

उनले सबै आमाप्रति सम्मान, कृतज्ञता र दीर्घायुको कामना व्यक्त गर्दै यो दिनले सन्तानलाई आमाप्रति थप जिम्मेवार र कृतज्ञ बन्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री शाहले अन्त्यमा भावनात्मक रूपमा भनेका छन्, “हे जननी! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।”

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...