बालेनको गीत हटाउन माग गर्दै साइबर ब्युरोमा उजुरी
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) द्वारा गाइएको एक गीत युट्युबबाट हटाउन माग गर्दै साइबर ब्युरोमा उजुरी परेको छ।
पूर्व संविधानसभा सदस्य तथा यौनिक तथा लैंगिक अल्पसंख्यक अधिकारकर्मी सुनीलबाबु पन्तले उक्त उजुरी दिएका हुन्। गीतमा प्रयोग भएका केही शब्दले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको मानमर्दन गरेको भन्दै उनले कारबाहीको माग गरेका छन्।
साइबर ब्युरोका एसपी दीपक गिरीका अनुसार उजुरी प्राप्त भएको र त्यसबारे अध्ययन प्रक्रिया सुरु गरिएको छ।
“गीत हटाइदिन माग गर्दै उजुरी आएको छ, हामीले यसको अध्ययन सुरु गरेका छौँ,” उनले भने।
करिब १२ वर्षअघि ‘रअ बार्ज र्याप ब्याटल’ शीर्षकमा अपलोड गरिएको उक्त सामग्री सङ्सनेपाललगायत विभिन्न युट्युब च्यानलमा उपलब्ध रहेको छ। उक्त भिडियोमा महिलाहरू तथा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायप्रति आपत्तिजनक अभिव्यक्ति प्रयोग गरिएको आरोप छ।...














