तेल मूल्य वृद्धि नियन्त्रण गर्न दक्षिण कोरियाको ठूलो राहत प्याकेज घोषणा

एजेन्सी । बढ्दो अन्तर्राष्ट्रिय तेल मूल्यको असर कम गर्न दक्षिण कोरिया सरकारले विशाल नगद सहायता योजना सार्वजनिक गरेको छ । Yonhap News Agency का अनुसार, सरकारले न्यून आय भएका तल्लो ७० प्रतिशत नागरिकलाई लक्षित गर्दै ६१० खर्ब कोरियन वन बराबरको राहत वितरण गर्ने निर्णय गरेको हो ।

अर्थमन्त्री कु युन–चियोल ले पश्चिम एसियामा देखिएको तनावका कारण ऊर्जा आपूर्तिमा समस्या आउन सक्ने भन्दै त्यसको असर न्यूनीकरण गर्न सरकार तयारी अवस्थामा रहेको बताएका छन् । उनले युरिया तथा सम्बन्धित रसायनिक घोलहरूको सार्वजनिक मौज्दात बजारमा उपलब्ध गराइने जानकारी दिएका छन् ।

आपतकालीन आर्थिक बैठकमा बोल्दै उनले अमेरिका र इरान बीचको द्वन्द्वले विश्व अर्थतन्त्रमा गम्भीर प्रभाव पार्न सक्ने चेतावनी दिए ।

सरकारले अवस्था सामान्य नभएसम्म आपतकालीन प्रतिकार्य प्रणालीलाई निरन्तरता दिने र आपूर्ति श्रृंखलामा देखिने अवरोध समाधान गर्ने योजना अघि सारेको छ । यसैबीच, सांसदहरूले संकट व्यवस्थापनका लागि २६.२ ट्रिलियन कोरियन वन बराबरको पूरक बजेट समेत स्वीकृत गरेका छन्, जसले सत्तापक्ष र प्रतिपक्षबीचको दुर्लभ सहमति झल्काएको छ ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...