
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. ओजस्वी शेरचन चयन भएकी छन् ।

शुक्रबार बसेको समितिको बैठकले सर्वसम्मत रूपमा शेरचनलाई सभापतिमा चयन गरेको हो । उक्त पदका लागि नेकपा (एमाले)का सांसद गुरु बरालले पनि मनोनयन दर्ता गराएका थिए ।
शेरचनको चयनसँगै समितिको नेतृत्वमा नयाँ ऊर्जा आउने अपेक्षा गरिएको छ ।


