भारतीय सहयोगमा बडिगाडमा स्वास्थ्य चौकी भवन निर्माण सुरु

बागलुङ – भारतीय सरकारको आर्थिक सहयोगमा बडिगाड गाउँपालिका–७ भिमगिठेमा नयाँ स्वास्थ्य चौकी भवन निर्माण कार्य सुरु भएको छ। कुल करिब ४ करोड ७ लाख रुपैयाँ लागत अनुमान गरिएको यस परियोजनाका लागि काठमाडौँस्थित भारतीय दूतावास र बडिगाड गाउँपालिकाबीच द्विपक्षीय सम्झौता सम्पन्न भएको हो।

सम्झौताअनुसार भारतीय दूतावासले करिब २ करोड ९४ लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउनेछ भने बाँकी रकममध्ये ५ प्रतिशत लागत गाउँपालिकाले व्यहोर्नेछ। ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ अन्तर्गत निर्माण हुन लागेको भवनको शिलान्यास गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी र भारतीय दूतावासका द्वितीय सचिव अजयकुमार सिंहले संयुक्त रूपमा गर्नुभएको हो।

शिलान्यास समारोहमा अध्यक्ष अधिकारीले पुरानो स्वास्थ्य चौकी भवन जीर्ण बन्दै जाँदा सेवा प्रवाहमा कठिनाइ उत्पन्न भएको उल्लेख गर्दै स्थानीय आवश्यकताअनुसार नयाँ भवन निर्माण थालिएको बताउनुभयो। उहाँले नेपाल–भारत सहकार्यले स्थानीय पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

भवन निर्माणका लागि ‘सोले तिलक निर्माण सेवा प्रालि’ सँग ठेक्का सम्झौता भइसकेको छ। गत फागुनमा भएको सम्झौताअनुसार निर्माण कम्पनीले १५ महिनाभित्र काम सम्पन्न गर्नुपर्ने गाउँपालिका उपाध्यक्ष भीमसेन वनले जानकारी दिनुभयो।

यसअघि गत कात्तिक २४ गते भारतीय दूतावास र गाउँपालिकाबीच प्रारम्भिक सम्झौता भएको थियो। स्वास्थ्य पूर्वाधार सुदृढीकरणमा छिमेकी राष्ट्रको सहयोगले स्थानीय नागरिकले गुणस्तरीय सेवा पाउने अपेक्षा गरिएको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...