Day: April 19, 2026

राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट

राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको प्रतिनिधिसभाका सभामुख मिल्टन डिक बीच शिष्टाचार भेट भएको छ। टर्कीको इस्तानबुल मा जारी अन्तर व्यवस्थापिका संघको १५२औँ महासभा मा सहभागी हुन पुगेका उनीहरूबीच उक्त भेट भएको हो। भेटका क्रममा नेपाल र अष्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित तथा संसदीय सहकार्यका विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ। अष्ट्रेलियाले नेपालको विकास र समृद्धिमा विगतदेखि पुर्‍याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्दै अध्यक्ष दाहालले आगामी दिनमा थप सहकार्य र सहयोगको अपेक्षा गरेका थिए। सो अवसरमा सभामुख मिल्टनले अष्ट्रेलिया–नेपाल सम्बन्ध सौहार्द्रपूर्ण रहेको उल्लेख गर्दै संसदीय सहकार्यले दुई देशबीचको सम्बन्ध अझ सुदृढ र प्रगाढ बन्ने विश्वास व्यक्त गरेका थिए। भेटमा नेपाली प्रतिनिधिमण्डलका तर्फबाट राष्ट्रियसभा सदस्य कृष्णबहादुर...
पूजा महतोको सानदार ब्याटिङमा नेपालले इटालीलाई ११२ रनको लक्ष्य

पूजा महतोको सानदार ब्याटिङमा नेपालले इटालीलाई ११२ रनको लक्ष्य

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, खेलकुद, ताजा अपडेट, बागमती, समाचार
काठमाडौँ । २०२६ आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफी अन्तर्गत आज भएको खेलमा नेपालले इटालीलाई जितका लागि ११२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १११ रन बनायो । नेपालका लागि मध्यक्रमकी भरपर्दो ब्याटर पूजा महतोले अविजित ४७ रनको महत्वपूर्ण इनिङ खेलिन्। ४४ बलको सामना गर्दै उनले २ चौका र १ छक्का प्रहार गरिन्। ओपनर विन्दु रावलले १५ रन र सम्झना खड्काले १६ रन जोड्दै राम्रो सुरुवात गरे पनि मध्यक्रममा लगातार विकेट गुमाउँदा नेपाल दबाबमा परेको थियो। कप्तान इन्दु बर्मा १० रनमा आउट भइन् भने अन्य ब्याटरहरूले दोहोरो अंकमा रन जोड्न सकेनन्। इटालीका बलरमध्ये इमिलिया बार्ट्रामले उत्कृष्ट प्रदर्शन गर्दै २.५ ओभरमा २० रन खर्चेर ३ विकेट लिइन्। साथै एलेक्सिया कोन्टोपिराकिस, सेउमिनी कानान्केगे, इलेनिया सिम्स र चतुरिका महामालगेले समान १–१ विकेट लिए।...
खुकुरी टी–२० क्रिकेट प्रतियोगिता वैशाख ८ देखि भैरहवामा सुरु हुने

खुकुरी टी–२० क्रिकेट प्रतियोगिता वैशाख ८ देखि भैरहवामा सुरु हुने

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, खेलकुद, ताजा अपडेट, प्रदेश समाचार, बागमती, समाचार
रूपन्देहीको भैरहवामा आगामी वैशाख ८ गतेदेखि खुकुरी टी–२० कप क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ। लुम्बिनी खुकुरी क्लब बेलहियाको आयोजनामा प्रतियोगिता सिद्धार्थनगर नगरपालिका–३ स्थित सिद्धार्थ क्रिकेट रंगशालामा सञ्चालन गरिनेछ। आयोजकले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिता वैशाख १५ गतेसम्म चल्ने जानकारी दिएको हो। क्लबका अध्यक्ष महेश थापाका अनुसार प्रतियोगितामा तीन भारतीय टोलीसहित १६ समूहको सहभागिता रहनेछ। प्रतियोगिता संयोजक तथा सहसचिव नन्दन श्रेष्ठले नेपाली क्रिकेटको विकास र नयाँ प्रतिभा उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। उनले भने, “यस प्रतियोगिताले स्थानीय मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा समेत योगदान पुर्‍याउने विश्वास छ।” क्लबले यसअघि पनि धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा भूमिका खेलेको आयोजकको दाबी छ। प्रतिय...
रास्वपाले केन्द्रीय समिति बैठक बोलायो, कारण खुलाइएन

रास्वपाले केन्द्रीय समिति बैठक बोलायो, कारण खुलाइएन

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, समाचार
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने ले केन्द्रीय समिति बैठक बोलाएका छन्। बैठक सोमबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ। पार्टीले सबै केन्द्रीय समिति सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि आग्रह गरेको छ। तर बैठक किन बोलाइएको हो भन्ने विषयमा हालसम्म पार्टी नेताहरूले कुनै औपचारिक जानकारी दिएका छैनन्। यसअघि आइतबार दिउँसो रास्वपाको सचिवालय बैठक बस्ने तयारी गरिएको छ। त्यसपछि हुने केन्द्रीय समिति बैठकलाई पार्टीभित्रको आगामी रणनीति तथा संगठनात्मक निर्णयसँग जोडेर हेरिएको छ।...
अमेरिका–इरान दोस्रो चरणको वार्ता चाँडै हुने संकेत

अमेरिका–इरान दोस्रो चरणको वार्ता चाँडै हुने संकेत

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, पर्यटन, बागमती, विचार, समाचार
काठमाडौं — अमेरिका र इरान बीच दोस्रो चरणको वार्ता शुक्रबारअघि नै हुने सम्भावना देखिएको छ। क्षेत्रीय सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै अल जजिरा ले यस्तो जानकारी सार्वजनिक गरेको हो। पाकिस्तानी सुरक्षा स्रोतहरूका अनुसार वार्ताको तयारी तीव्र पारिएको संकेतहरू देखिएका छन्। नूर खान हवाई अड्डा मा अमेरिकी सी–१७ ग्लोबमास्टर सैन्य ढुवानी विमानहरू अवतरण भइसकेका छन्, जसले उच्चस्तरीय गतिविधिको संकेत गर्छ। त्यस्तै इस्लामाबाद को ‘रेड जोन’ क्षेत्रमा सुरक्षा कडा बनाइएको छ भने केही सडकहरू अस्थायी रूपमा बन्द गरिएका छन्। सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै सेरेना होटल र मेरियट होटल बाट पाहुनाहरू हटाउने तथा नयाँ बुकिङ रोक्ने कामसमेत गरिएको स्रोतहरूले बताएका छन्। यसअघि अमेरिका–इरानबीच पहिलो चरणको वार्ता अप्रिल ११ मा इस्लामाबादस्थित सेरेना होटलमै सम्पन्न भएको थियो। दोस्रो चरणको वार्ताबाट द्विपक्षीय सम्बन्ध...
प्रशोधित इन्धन महँगो हुनु स्वाभाविक : निगमको स्पष्टीकरण

प्रशोधित इन्धन महँगो हुनु स्वाभाविक : निगमको स्पष्टीकरण

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, समाचार
काठमाडौं — नेपाल आयल निगम ले कच्चा तेल (क्रुड आयल) भन्दा नेपालमा इन्धन महँगो भएको भन्ने विश्लेषण भ्रामक रहेको स्पष्ट पारेको छ। निगमका अनुसार अन्तरराष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यकै आधारमा नेपालमा खुद्रा मूल्य निर्धारण हुँदै आएको छ। निगमका प्रवक्ता मनोज ठाकुर ले नेपालसँग आफ्नै रिफाइनरी नभएकाले कच्चा तेल नभई सोझै प्रशोधित पेट्रोल र डिजेल आयात गर्नुपर्ने बाध्यता रहेको बताए। “क्रुड आयलभन्दा प्रशोधित इन्धनको मूल्य स्वभाविक रूपमा बढी हुन्छ, त्यसैले तुलना गर्दा प्रशोधित इन्धनकै मूल्य हेर्नुपर्छ,” उनले भने। नेपालले इन्डियन आयल कर्पोरेसन बाट पेट्रोलियम पदार्थ आयात गर्दै आएको छ। सोही कम्पनीबाट प्राप्त मूल्यसूचीका आधारमा प्रत्येक १५ दिनमा नेपालमा इन्धनको मूल्य समायोजन हुने व्यवस्था छ। निगमका अनुसार १६ अप्रिल २०२६ मा क्रुड आयलको मूल्य प्रति ब्यारेल ९९.६ अमेरिकी डलर हुँदा पे...
नेपाल–यूएई टी–२० सिरिज भोलिदेखि, फ्लडलाइटमा ऐतिहासिक खेल हुँदै

नेपाल–यूएई टी–२० सिरिज भोलिदेखि, फ्लडलाइटमा ऐतिहासिक खेल हुँदै

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, खेलकुद, ताजा अपडेट, बागमती, विचार, समाचार
काठमाडौं — नेपाल राष्ट्रिय क्रिकेट टोली र संयुक्त अरब इमिरेट्स राष्ट्रिय क्रिकेट टोली बीच अन्तर्राष्ट्रिय टी–२० सिरिज भोलि (वैशाख ७) देखि सुरु हुँदैछ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले दुईदिने सिरिजका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। सिरिज त्रिवि क्रिकेट मैदान कीर्तिपुर मा फ्लडलाइटमा खेलिनेछ, जसले नेपालमा पहिलो पटक रातिको समयमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने ऐतिहासिक अवसर सिर्जना गरेको छ। यस सिरिजका लागि नेपालले नयाँ नेतृत्व प्रयोग गरेको छ। दीपेन्द्र सिंह ऐरी लाई टी–२० टोलीको कप्तान बनाइएको छ भने नियमित कप्तान रोहितकुमार पौडेल लाई कार्यबोझ व्यवस्थापनका लागि विश्राम दिइएको छ। टोलीमा सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, लोकेश बम, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, शाहब आलम र शेर मल्ल रहेका छन्। यो सिरि...
विष्णुमति किनारमा पेस्तोल र गोली बरामद, अनुसन्धान जारी

विष्णुमति किनारमा पेस्तोल र गोली बरामद, अनुसन्धान जारी

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, विचार, समाचार, सुरक्षा
काठमाडौं — विष्णुमति खोला किनारबाट चार थान पेस्तोल र ५८ राउण्ड गोली बरामद गरिएको छ। शोभाभगवती क्षेत्रमा सरसफाइका क्रममा आइतबार बिहान उक्त हतियार फेला परेको हो। जिल्ला प्रहरी परिसर काठमाडौं का एसएसपी रमेश थापा का अनुसार बरामद सामग्रीमा टाइप–५४ पेस्तोल चार थान, सोही पेस्तोलका सात थान म्यागजिन तथा ९ एमएम बेरेटा पेस्तोलका ५८ राउण्ड गोली रहेका छन्। महानगरपालिका र प्रहरीको संयुक्त सरसफाइ टोलीले फोहोर व्यवस्थापन गर्ने क्रममा उक्त हतियार फेला पारेको जनाइएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उक्त हतियार ‘जेनजी’ आन्दोलनका बेला प्रहरीबाट लुटिएको हुनसक्ने आशंका गरिएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
गगनलाई सभापति मान्दै कोइराला पक्ष एकतामा, देउवा समूहबाट अलग

गगनलाई सभापति मान्दै कोइराला पक्ष एकतामा, देउवा समूहबाट अलग

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
काठमाडौं — नेपाली कांग्रेस भित्रको आन्तरिक शक्ति सन्तुलनमा नयाँ मोड आएको छ। सर्वोच्च अदालतको अन्तिम फैसलापछि कोइराला पक्षका शीर्ष नेताहरूले शेरबहादुर देउवा समूह छोड्दै एकताको पक्षमा अघि बढ्ने निर्णय गरेका छन्। डा. शेखर कोइराला, डा. शशांक कोइराला र धनराज गुरूङ सहितका नेताहरूले आइतबार बिहान विशालनगरस्थित शेखर कोइरालाको सम्पर्क कार्यालयमा छुट्टै भेला गर्दै गगन थापा लाई सभापतिका रूपमा स्वीकार्दै एकतामा जाने निर्णय गरेका हुन्। यसअघि धुम्बाराहीस्थित देउवा समूहको बैठकमा अनुपस्थित रहँदै उनीहरूले आफ्नो अलग धार स्पष्ट गरेका थिए। भेलामा कोइराला पक्षका अन्य केन्द्रीय सदस्य र सांसदहरू समेत सहभागी रहेको जनाइएको छ। नेता गुरूङका अनुसार सर्वोच्च अदालतको निर्णयलाई स्वीकार गर्दै पार्टीभित्र थप विभाजन नभई एकता कायम गर्नुपर्नेमा सहमति जुटेको हो। “हामी पार्टी फुटको पक्षमा छैनौँ, कांग्रेसलाई एकताबद्ध बन...
वीरगञ्जमा सडक विस्तार अभियान तीव्र, अतिक्रमित संरचना भत्काउने कार्य सुरु

वीरगञ्जमा सडक विस्तार अभियान तीव्र, अतिक्रमित संरचना भत्काउने कार्य सुरु

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, मधेस प्रदेश, विचार, समाचार
पर्सा — वीरगञ्ज मा मुख्य सडक विस्तारलाई तीव्रता दिँदै अतिक्रमित संरचना हटाउने अभियान आइतबार बिहानैदेखि सुरु गरिएको छ। सडक डिभिजन कार्यालय हेटौँडा ले त्रिभुवन राजपथ अन्तर्गत गण्डकचोकदेखि मितेरीपुलसम्मको सडक खण्डमा निर्माण गरिएका घरटहरा भत्काउन थालेको हो। कार्यालयका अनुसार सडकको बीच भागबाट दायाँ–बायाँ २५–२५ मिटर क्षेत्र खाली गराउँदै सडक विस्तार गर्ने लक्ष्य राखिएको छ। यस क्रममा करिब एक दर्जन एक्जाभेटर प्रयोग गरी झण्डै १,२०० भन्दा बढी संरचना हटाइने जनाइएको छ। इन्जिनियर भोला साहका अनुसार सर्वोच्च अदालत को फैसला र संघीय सरकारको निर्देशनअनुसार मापदण्ड विपरीत बनेका संरचना हटाउने कार्य अघि बढाइएको हो। “पटक–पटक सूचना जारी गर्दा पनि अटेर भएपछि बाध्य भएर भत्काउन सुरु गरिएको हो,” उनले बताए। यता स्थानीय व्यापारी तथा घरधनीहरूले भने छोटो समयको सूचना दिएर घर खाली गर्न बाध्य बनाइएको भन्दै असन्तुष्...