वीरगञ्जमा सडक विस्तार अभियान तीव्र, अतिक्रमित संरचना भत्काउने कार्य सुरु

पर्सा — वीरगञ्ज मा मुख्य सडक विस्तारलाई तीव्रता दिँदै अतिक्रमित संरचना हटाउने अभियान आइतबार बिहानैदेखि सुरु गरिएको छ। सडक डिभिजन कार्यालय हेटौँडा ले त्रिभुवन राजपथ अन्तर्गत गण्डकचोकदेखि मितेरीपुलसम्मको सडक खण्डमा निर्माण गरिएका घरटहरा भत्काउन थालेको हो।

कार्यालयका अनुसार सडकको बीच भागबाट दायाँ–बायाँ २५–२५ मिटर क्षेत्र खाली गराउँदै सडक विस्तार गर्ने लक्ष्य राखिएको छ। यस क्रममा करिब एक दर्जन एक्जाभेटर प्रयोग गरी झण्डै १,२०० भन्दा बढी संरचना हटाइने जनाइएको छ।

इन्जिनियर भोला साहका अनुसार सर्वोच्च अदालत को फैसला र संघीय सरकारको निर्देशनअनुसार मापदण्ड विपरीत बनेका संरचना हटाउने कार्य अघि बढाइएको हो। “पटक–पटक सूचना जारी गर्दा पनि अटेर भएपछि बाध्य भएर भत्काउन सुरु गरिएको हो,” उनले बताए।

यता स्थानीय व्यापारी तथा घरधनीहरूले भने छोटो समयको सूचना दिएर घर खाली गर्न बाध्य बनाइएको भन्दै असन्तुष्टि जनाएका छन्। घण्टाघर क्षेत्रमा व्यवसाय गर्दै आएका कन्हैयालाल केशरीले पर्याप्त समय नदिइएको गुनासो गर्दै कम्तीमा एक साताको समय दिएको भए सहज हुने बताएका छन्।

जिल्ला प्रशासन कार्यालय पर्सा ले शनिबार साँझ सूचना जारी गर्दै आइतबार बिहान ४:३० बजेसम्म अतिक्रमित संरचना हटाउन निर्देशन दिएको थियो।

अभियानका क्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा नगर प्रहरीको कडा सुरक्षा व्यवस्थापन गरिएको छ।

संरचना हटाउने कार्यका कारण बिहानदेखि दिउँसोसम्म उक्त क्षेत्रमा विद्युत् तथा इन्टरनेट सेवा समेत प्रभावित भएको जनाइएको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...