प्रशोधित इन्धन महँगो हुनु स्वाभाविक : निगमको स्पष्टीकरण

काठमाडौं — नेपाल आयल निगम ले कच्चा तेल (क्रुड आयल) भन्दा नेपालमा इन्धन महँगो भएको भन्ने विश्लेषण भ्रामक रहेको स्पष्ट पारेको छ। निगमका अनुसार अन्तरराष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यकै आधारमा नेपालमा खुद्रा मूल्य निर्धारण हुँदै आएको छ।

निगमका प्रवक्ता मनोज ठाकुर ले नेपालसँग आफ्नै रिफाइनरी नभएकाले कच्चा तेल नभई सोझै प्रशोधित पेट्रोल र डिजेल आयात गर्नुपर्ने बाध्यता रहेको बताए। “क्रुड आयलभन्दा प्रशोधित इन्धनको मूल्य स्वभाविक रूपमा बढी हुन्छ, त्यसैले तुलना गर्दा प्रशोधित इन्धनकै मूल्य हेर्नुपर्छ,” उनले भने।

नेपालले इन्डियन आयल कर्पोरेसन बाट पेट्रोलियम पदार्थ आयात गर्दै आएको छ। सोही कम्पनीबाट प्राप्त मूल्यसूचीका आधारमा प्रत्येक १५ दिनमा नेपालमा इन्धनको मूल्य समायोजन हुने व्यवस्था छ।

निगमका अनुसार १६ अप्रिल २०२६ मा क्रुड आयलको मूल्य प्रति ब्यारेल ९९.६ अमेरिकी डलर हुँदा पेट्रोल १३९.३ डलर र डिजेल २२८.१ डलर थियो। त्यस्तै २ अप्रिलमा क्रुड आयल ११८.३ डलर पुग्दा पेट्रोल २६२ र डिजेल ३३४.४ डलरसम्म पुगेको थियो।

सामान्य अवस्थामा क्रुड र पेट्रोलबीच करिब १० डलर तथा डिजेलबीच २० डलरको अन्तर रहने भए पनि पछिल्लो समय यो अन्तर अत्यधिक बढेको निगमले जनाएको छ। यसले प्रशोधित इन्धन आयात गर्ने मुलुकहरूमा मूल्यवृद्धिको दबाब थप बढाएको छ।

निगमका अनुसार भन्सार, कर, ढुवानी, बीमा, भण्डारण तथा सेवा शुल्कजस्ता लागतहरूले अन्तिम खुद्रा मूल्यमा प्रभाव पार्ने गर्दछन्।

निगमले वैशाख ३ गतेदेखि डिजेल/मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ र हवाई इन्धनमा पाँच रुपैयाँ वृद्धि गरेको थियो। हाल डिजेल/मट्टितेलको मूल्य वर्गअनुसार प्रतिलिटर २३४ रुपैयाँ ५० पैसादेखि २३७ रुपैयाँसम्म कायम गरिएको छ।

मूल्यवृद्धिपछि पनि डिजेलमा प्रतिलिटर ९९ रुपैयाँ १६ पैसा घाटा रहेको निगमले जनाएको छ। अन्तरराष्ट्रिय बजारमा मूल्य निरन्तर बढिरहेकाले १५ दिनमै करिब पाँच अर्ब ७५ करोड रुपैयाँसम्म घाटा हुने प्रवक्ता ठाकुरले बताएका छन्।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...