गगनलाई सभापति मान्दै कोइराला पक्ष एकतामा, देउवा समूहबाट अलग

काठमाडौं — नेपाली कांग्रेस भित्रको आन्तरिक शक्ति सन्तुलनमा नयाँ मोड आएको छ। सर्वोच्च अदालतको अन्तिम फैसलापछि कोइराला पक्षका शीर्ष नेताहरूले शेरबहादुर देउवा समूह छोड्दै एकताको पक्षमा अघि बढ्ने निर्णय गरेका छन्।

डा. शेखर कोइराला, डा. शशांक कोइराला र धनराज गुरूङ सहितका नेताहरूले आइतबार बिहान विशालनगरस्थित शेखर कोइरालाको सम्पर्क कार्यालयमा छुट्टै भेला गर्दै गगन थापा लाई सभापतिका रूपमा स्वीकार्दै एकतामा जाने निर्णय गरेका हुन्।

यसअघि धुम्बाराहीस्थित देउवा समूहको बैठकमा अनुपस्थित रहँदै उनीहरूले आफ्नो अलग धार स्पष्ट गरेका थिए। भेलामा कोइराला पक्षका अन्य केन्द्रीय सदस्य र सांसदहरू समेत सहभागी रहेको जनाइएको छ।

नेता गुरूङका अनुसार सर्वोच्च अदालतको निर्णयलाई स्वीकार गर्दै पार्टीभित्र थप विभाजन नभई एकता कायम गर्नुपर्नेमा सहमति जुटेको हो। “हामी पार्टी फुटको पक्षमा छैनौँ, कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउनु अहिलेको आवश्यकता हो,” उनले बताएका छन्।

उनले विशेष महाधिवेशनबारे फरक मत रहे पनि अब बदलिएको परिस्थितिमा अदालतको फैसलालाई सम्मान गर्दै पार्टीलाई सुदृढ बनाउने साझा प्रतिबद्धता बनेको उल्लेख गरे।

कोइराला परिवार लामो समयदेखि नेपाली कांग्रेस भित्र मध्यमार्गी धारका रूपमा चिनिँदै आएको छ। पछिल्लो निर्णयले पार्टीभित्रको शक्ति समीकरणमा नयाँ बहस सुरु भएको राजनीतिक वृत्तमा विश्लेषण गरिएको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...