विद्यार्थी आन्दोलनमा सुधार र अस्तित्व रक्षाको बहस, सरकारको कदमप्रति नेताहरूको प्रतिवाद

काठमाडौँ । नेपाली विद्यार्थी आन्दोलन अहिले गम्भीर आत्मसमीक्षा, संरचनात्मक सुधार र आफ्नो अस्तित्व जोगाउने चुनौतीपूर्ण मोडमा प्रवेश गरेको छ। विश्वविद्यालयहरूबाट विद्यार्थी संगठन र तिनका कार्यालय हटाउने सरकारको तयारीप्रति विभिन्न राजनीतिक दलसम्बद्ध विद्यार्थी नेताहरूले आपत्ति जनाएका छन्। उनीहरूले यसलाई विद्यार्थी आन्दोलनमाथिको वैचारिक प्रहार र प्रशासनिक दबाबमार्फत कमजोर पार्ने प्रयासको रूपमा व्याख्या गरेका छन्।

नेपाली कांग्रेसका नेता नैनसिंह महरले परिवर्तनशील समाज र प्रविधिको युगमा पुरानै राजनीतिक शैलीले काम नचल्ने बताए। संयुक्त विद्यार्थी संगठनको कार्यक्रममा बोल्दै उनले पाठ्यक्रमदेखि संगठनको कार्यशैलीसम्म समयअनुसार सुधार आवश्यक रहेको उल्लेख गरे। महरले ३५ वर्षको राजनीतिक अभ्यासको समीक्षा गर्दै युवा पुस्ताको सोच बुझ्न नसक्दा अपेक्षित परिणाम आउन नसकेको स्वीकार गरे। उनले विश्वविद्यालयबाट संगठन हटाउने प्रयासलाई संविधानले दिएको अधिकारमाथिको हस्तक्षेपको रूपमा टिप्पणी गर्दै विद्यार्थी राजनीति सुधार गर्नुपर्ने तर समाप्त गर्न नसकिने धारणा राखे।

त्यस्तै, नेकपाका युवा नेता सुदेश पराजुलीले विद्यार्थी आन्दोलन कसैको व्यक्तिगत निर्णयले अन्त्य हुन नसक्ने बताए। उनले विद्यार्थी नेतृत्वलाई दलगत छायाँबाट बाहिर निस्केर वास्तविक मुद्दामा केन्द्रित हुन आग्रह गरे। पराजुलीले वैकल्पिक शक्तिका नाममा आउनेहरूलाई सडक संघर्षमार्फत लोकतान्त्रिक प्रतिस्पर्धामा आउन चुनौती दिए। उनले आन्तरिक विवाद छोडेर सत्ताको बेथिति विरुद्ध सशक्त रूपमा उभिनुपर्नेमा जोड दिए।

यस्तै, नेकपा एमालेका युवा नेता समिक बडालले विद्यार्थी आन्दोलनलाई विचार निर्माणको मुख्य केन्द्रका रूपमा व्याख्या गरे। उनले कलेजहरू सचेत विद्यार्थी उत्पादन गर्ने थलो भएको भन्दै त्यहाँ दमन वा नियन्त्रणका प्रयास स्वीकार्य नहुने बताए। बडालले विद्यार्थी संगठनहरू कमजोर हुन सक्ने तर कहिल्यै समाप्त नहुने दाबी गर्दै विश्वविद्यालयमा सुरक्षा निकाय परिचालन गर्ने प्रयासको विरोध गर्नुपर्ने उल्लेख गरे। उनले प्रशासनिक र कानुनी दबाबबाट आन्दोलन कमजोर बनाउन खोजिएको भन्दै उच्च मनोबलका साथ संघर्ष अघि बढाउन आह्वान गरे।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...