सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई धम्की दिने युवक पक्राउ
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङलाई धम्की दिएको आरोपमा एक युवक पक्राउ परेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले धम्कीपूर्ण अभिव्यक्ति सार्वजनिक गरेको आरोपमा बझाङ जिल्लाको थलरा गाउँपालिका–४, मयलका साजन बिष्ट (सानु भाइ) लाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार उनले ‘सानु भाइ’ नामक फेसबुक खाताबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वमन्त्री दीपक खड्कालाई तत्काल रिहा गर्न माग गर्दै अन्यथा प्रधानमन्त्री र गृहमन्त्रीलाई गोली हान्न बाध्य हुने जस्ता धम्कीपूर्ण अभिव्यक्ति सार्वजनिक गरेका थिए। उक्त सामग्रीमार्फत उनले एके–४७ जस्ता अत्याधुनिक हतियार काठमाडौँ भित्रिइसकेको दाबी गर्दै त्रास फैलाउने प्रयास गरेका थिए।
धम्कीपूर्ण भिडिओ सार्वजनिक गरेपछि खोजतलासको क्रममा उनलाई वैशाख ५ गते काठमाडौँको सिनामंगलबाट...














