जेनजी मुभमेन्ट नेपालको माग: गृहमन्त्री सुधन गुरुङलाई निष्पक्ष छानबिनका लागि बर्खास्त गर्न आग्रह

जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि उठेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिन सुनिश्चित गर्न उनलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ।

मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा सोमबार जारी गरिएको प्रेस विज्ञप्तिमा, मन्त्री पदमा रहँदा अनुसन्धान प्रक्रिया प्रभावित हुने र यसले स्वार्थको द्वन्द्व सिर्जना गर्ने स्पष्ट देखिएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ कि आफ्नैविरुद्धको छानबिन प्रक्रियामा पदमा रहिरहनु आधारभूत नैतिकता र कानुनी सिद्धान्तविपरीत हुने भएकाले निष्पक्ष न्यायका लागि गृहमन्त्रीको राजीनामा वा बर्खास्ती आवश्यक छ।

मुभमेन्टले मन्त्री नियुक्ति र हटाउने विषयलाई राजनीतिक खेल नबनाउन पनि बालेन शाह नेतृत्वको सरकारलाई आग्रह गरेको छ। क्याबिनेटमा हुने नियुक्तिहरू गम्भीर राजनीतिक तथा नैतिक जिम्मेवारी भएको भन्दै नेतृत्वले परिपक्वता, जवाफदेहिता र दूरदर्शिता देखाउनुपर्नेमा जोड दिइएको छ।

वक्तव्यमा ७६ जना शहीदहरूको बलिदानबाट प्राप्त जनादेशको सम्मान गर्नुपर्ने उल्लेख गर्दै जनताको त्यागमाथि कुनै पनि प्रकारको लापरवाही वा सस्तो राजनीति स्वीकार्य नहुने चेतावनी दिइएको छ।

त्यस्तै, सुशासन, पारदर्शिता र जवाफदेहिताका विषयमा कुनै सम्झौता वा ढिलासुस्ती स्वीकार्य नहुने पनि मुभमेन्टले स्पष्ट पारेको छ।

विवादास्पद व्यापारी दीपक भट्टसँग गृहमन्त्री गुरुङको साझेदारी रहेको विषय सार्वजनिक भएपछि उनी विवादमा तानिएका छन्।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...