शिक्षा सुधारमा जोड : ‘प्रविधिमैत्री र व्यावहारिक शिक्षा आजको आवश्यकता’

जनकपुरधाम — मधेस प्रदेश सरकारकी शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले वर्तमान समयअनुसार शिक्षालाई व्यावहारिक, प्रविधिमैत्री र समयानुकूल बनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ।

जनकपुरधामस्थित याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय, ज्ञानकूपको ११७औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले गुणस्तरीय शिक्षाले मात्र समाजमा सकारात्मक परिवर्तन सम्भव हुने बताउनुभयो। मन्त्री तिवारीले विद्यालय तहबाटै अनुशासन, नैतिकता र सीपमूलक ज्ञानको विकास गर्नुपर्नेमा विशेष जोड दिनुभयो।

उहाँका अनुसार मधेस प्रदेश सरकारले शिक्षाको पहुँच विस्तार, छात्रवृत्ति वितरण तथा शैक्षिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख चेतकुमार पोखरेलले शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक, अभिभावक तथा सम्बन्धित सरोकारवालाबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको उल्लेख गर्नुभयो। उहाँले सामुदायिक विद्यालयलाई थप प्रतिस्पर्धी र प्रभावकारी बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

त्यसैगरी, विद्यालयका प्रधानाध्यापक सञ्जयकुमार झाले विद्यालयको विगतदेखि हालसम्मको प्रगति र आगामी योजनाबारे जानकारी गराउँदै शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा विद्यालयले उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनुभयो। साथै, शैक्षिक गुणस्तर अभिवृद्धिका लागि स्थानीय तह, अभिभावक र सम्बन्धित निकायसँग सहकार्यको अपेक्षा व्यक्त गर्नुभयो।

कार्यक्रमकै अवसरमा कक्षा १२ विज्ञान समूहमा अध्ययनरत मेधावी तथा समावेशी विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले १० जनालाई जनही १० हजार रुपैयाँ नगदसहित छात्रवृत्ति प्रदान गरिएको थियो।

छुटाउनुभयो कि ?

राति १२ बजे विशेष पूजा हुने शक्तिशाली बज्रबाराही मन्दिर, प्रत्येक तीन वर्षमा लाग्छ भव्य जात्रा

राति १२ बजे विशेष पूजा हुने शक्तिशाली बज्रबाराही मन्दिर, प्रत्येक तीन वर्षमा लाग्छ भव्य जात्रा

मकवानपुर। बागमती प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको थाहा नगरपालिका टिस्टुङ–पालुङमा अवस्थित बज्रबाराही मन्दिर नेपालका प्राचीन तथा...
मोक्ष प्राप्ति को लागि अब इन्डिया जानु पर्दैन , थाहा मा १०८ शंख को धारा उद्घाटन

मोक्ष प्राप्ति को लागि अब इन्डिया जानु पर्दैन , थाहा मा १०८ शंख को धारा उद्घाटन

मकवानपुर। बागमती प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको थाहा नगरपालिका–३, पालुङस्थित निर्माणाधीन मोक्षधाममा स्थापना गरिएको १०८ शंखधा...
पवित्र १००८ शालिग्राम भगवानको दर्शन, किन गरिँदैन प्राणप्रतिष्ठा ?

पवित्र १००८ शालिग्राम भगवानको दर्शन, किन गरिँदैन प्राणप्रतिष्ठा ?

काठमाडौं। हिन्दू धर्ममा १००८ शालिग्राम भगवानलाई भगवान विष्णुको साक्षात् स्वरूपका रूपमा पूजा गरिन्छ। धार्मिक विश्वासअनुसार श्रद...
केदारनाथ जान नसक्ने भक्तजनका लागि डोलेश्वर महादेव

केदारनाथ जान नसक्ने भक्तजनका लागि डोलेश्वर महादेव

भक्तपुर। भारतको उत्तराखण्डस्थित प्रसिद्ध केदारनाथ धाम पुग्न सबै भक्तजनका लागि सम्भव नहुने भएकाले नेपालकै ऐतिहासिक तथा धार्मिक मह...
नयाँ सरकारको १०० दिनमा ८९ हजार मेट्रिकटनभन्दा बढी रासायनिक मल वितरण

नयाँ सरकारको १०० दिनमा ८९ हजार मेट्रिकटनभन्दा बढी रासायनिक मल वितरण

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हालेको पहिलो १०० दिनमा ८९ हजार १९४ दशमलव ५५ मेट्रिकटन अनुदानित रासाय...
केप भर्डेमाथि अतिरिक्त समयमा संघर्षपूर्ण जित निकाल्दै अर्जेन्टिना अन्तिम १६ मा

केप भर्डेमाथि अतिरिक्त समयमा संघर्षपूर्ण जित निकाल्दै अर्जेन्टिना अन्तिम १६ मा

काठमाडौं। फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत अर्जेन्टिनाले केप भर्डेलाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै अन्तिम १६ मा ...
बैतडीमा यात्रुवाहक बस दुर्घटना, सडकबाट करिब ६० मिटर तल खस्यो

बैतडीमा यात्रुवाहक बस दुर्घटना, सडकबाट करिब ६० मिटर तल खस्यो

बैतडी। बैतडीमा यात्रुवाहक बस दुर्घटनामा परेको छ। दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ गैराखान क्षेत्रमा धनगढीबाट बैतडी ...
सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालन, कर्मचारीले कार्यस्थलमै स्वास्थ्य सेवा पाउने

सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालन, कर्मचारीले कार्यस्थलमै स्वास्थ्य सेवा पाउने

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरबारमा आजदेखि निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालनमा आएको छ। ...