अमेरिकामा दर्दनाक गोलीकाण्ड : आठ बालबालिकासहित ९ जनाको मृत्यु, आरोपी पक्राउ

अमेरिकाको लुइसियाना राज्यस्थित श्रेभपोर्ट सहरमा भएको भीषण गोलीकाण्डमा आठ बालबालिकासहित नौ जनाको ज्यान गएको छ। घटनालाई यस वर्ष अमेरिकामा भएका सबैभन्दा गम्भीर सामूहिक गोलीकाण्डमध्ये एक मानिएको छ।

स्थानीय समयअनुसार आइतबार बिहान करिब ६ बजे वेस्ट ७९औँ स्ट्रिटको ३०० ब्लक क्षेत्रमा यो घटना भएको हो। प्रहरीले ३१ वर्षीय शमार एल्किन्सलाई घटनाको मुख्य आरोपीका रूपमा नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार आक्रमण घरेलु विवादसँग सम्बन्धित देखिएको छ। प्रारम्भिक विवरणअनुसार सात बालबालिकालाई घरभित्रै गोली हानिएको थियो भने एक बालक भाग्ने क्रममा छततर्फ जाँदा गोली लागेर मृत्यु भएको हो। घटनामा असल्ट–स्टाइल हतियार प्रयोग भएको बताइएको छ।

मृतक बालबालिकाको उमेर तीनदेखि ११ वर्षसम्म रहेको छ। उनीहरू सबै एकै परिवारका तथा आफन्त समूहका सदस्य भएको प्रहरीले जनाएको छ।

घटनामा १३ वर्षीय एक बालक घाइते भएका छन्, जो ज्यान जोगाउन घरबाट भाग्दै छतबाट हाम फालेका थिए। उनको उपचार भइरहेको छ।

त्यस्तै, दुई वयस्क महिलामाथि पनि गोली प्रहार भएको छ, जसमा एक जना गम्भीर घाइते भएकी छन्। आक्रमणकारीले पहिले आफ्नी श्रीमतीलाई समेत गोली हानेको र उनी पनि गम्भीर अवस्थामा रहेको विवरण सार्वजनिक भएको छ।

घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको अमेरिकी प्रहरीले जनाएको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...