सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई धम्की दिने युवक पक्राउ

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङलाई धम्की दिएको आरोपमा एक युवक पक्राउ परेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले धम्कीपूर्ण अभिव्यक्ति सार्वजनिक गरेको आरोपमा बझाङ जिल्लाको थलरा गाउँपालिका–४, मयलका साजन बिष्ट (सानु भाइ) लाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार उनले ‘सानु भाइ’ नामक फेसबुक खाताबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वमन्त्री दीपक खड्कालाई तत्काल रिहा गर्न माग गर्दै अन्यथा प्रधानमन्त्री र गृहमन्त्रीलाई गोली हान्न बाध्य हुने जस्ता धम्कीपूर्ण अभिव्यक्ति सार्वजनिक गरेका थिए। उक्त सामग्रीमार्फत उनले एके–४७ जस्ता अत्याधुनिक हतियार काठमाडौँ भित्रिइसकेको दाबी गर्दै त्रास फैलाउने प्रयास गरेका थिए।

धम्कीपूर्ण भिडिओ सार्वजनिक गरेपछि खोजतलासको क्रममा उनलाई वैशाख ५ गते काठमाडौँको सिनामंगलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बिष्टविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार मुद्दा दर्ता गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि साइबर ब्यूरो पठाइएको छ।

प्रहरीका अनुसार २० वर्षीय बिष्ट विगत पाँच वर्षदेखि भारतको बैंगलोरमा बसोबास गर्दै आएका थिए र त्यहाँ रहँदासमेत विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको दाबी गरिएको छ।

छुटाउनुभयो कि ?

सम्पत्ति छानबिन समितिले दोस्रो दिन पनि पूर्व गृहमन्त्री सुधन गुरुङसँग बयान लियो

सम्पत्ति छानबिन समितिले दोस्रो दिन पनि पूर्व गृहमन्त्री सुधन गुरुङसँग बयान लियो

काठमाडौं । सरकारले गठन गरेको सम्पत्ति छानबिन समितिले निवर्तमान गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राष्ट...
प्रधानमन्त्री साहले लोकतन्त्रको अपमान गरिरहेको एमाले सांसदको आरोप

प्रधानमन्त्री साहले लोकतन्त्रको अपमान गरिरहेको एमाले सांसदको आरोप

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद नीता घतानीले प्रधानमन्त्री वालेन्द्र साहले लोकतन्त्रको मर्यादा उल्लङ्घन ...
तीव्र गतिमा गुड्ने हेभी सवारीबारे सांसद अनुष्का श्रेष्ठको संसदमा ध्यानाकर्षण

तीव्र गतिमा गुड्ने हेभी सवारीबारे सांसद अनुष्का श्रेष्ठको संसदमा ध्यानाकर्षण

अनुष्का श्रेष्ठ ले अत्यधिक भारवाहक सवारीसाधनको तीव्र गतिका कारण सर्वसाधारणको ज्यान जोखिममा परेको भन्दै संसदमार्फत सरकारको ध्या...
भन्सार छलेर ल्याइएका ११ लाखभन्दा बढी मूल्यका सामान बरामद

भन्सार छलेर ल्याइएका ११ लाखभन्दा बढी मूल्यका सामान बरामद

नेपालगन्ज, जेठ १२ गते । भारतबाट सय रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा अनिवार्य भन्सार महसुल तिर्नुपर्ने नियम कडाइका साथ ल...
विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिसहित जवाफको माग गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा निरन्तर अवरोध गरेपछि ...
रास्वपा सांसदको अभिव्यक्तिपछि संसद्‌मा तनाव, बैठक १५ मिनेटका लागि स्थगित

रास्वपा सांसदको अभिव्यक्तिपछि संसद्‌मा तनाव, बैठक १५ मिनेटका लागि स्थगित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलको अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा मंगलबार तनाव उत्पन्न भएको छ। विपक...
काठमाडौं फर्किइन् सगरमाथा आरोहण गर्ने पहिलो ट्रान्स महिला निलम पौडेल

काठमाडौं फर्किइन् सगरमाथा आरोहण गर्ने पहिलो ट्रान्स महिला निलम पौडेल

काठमाडौं । सगरमाथाको सफल आरोहण गरेकी नेपालकी ट्रान्स महिला निलम पौडेल काठमाडौं फर्किएकी छिन् । गत शनिबार सगरमाथा सफलतापूर्वक...
निर्दोष ठहरिएका थुनुवालाई राज्यले क्षतिपूर्ति दिनुपर्छ : सांसद यज्ञमणि न्यौपाने

निर्दोष ठहरिएका थुनुवालाई राज्यले क्षतिपूर्ति दिनुपर्छ : सांसद यज्ञमणि न्यौपाने

Yagya Mani Neupane ले आपराधिक आरोपमा पुर्पक्षका लागि थुनामा राखिएका व्यक्ति पछि अदालतबाट निर्दोष प्रमाणित भएमा राज्यले अनिवार्य ...