इसिडी पाठ्यपुस्तकमा व्यापक मनोमानी मूल्य, अनुगमन कमजोर भन्दै आलोचना

काठमाडौँ । प्रारम्भिक बाल विकास (इसिडी) तहका पाठ्यपुस्तकमा व्यापक मूल्य मनोमानी भएको भन्दै सरोकारवालाले सरकारी निकायको कमजोर अनुगमनप्रति प्रश्न उठाएका छन् । पाठ्यक्रम विकास केन्द्र र शिक्षा सम्बन्धी नियामक निकायको प्रभावकारी अनुगमन नहुँदा बजारमा खुलेआम कालोबजारी बढेको आरोप लगाइएको छ ।

रिपोर्ट अनुसार इसिडी र अतिरिक्त पाठ्यपुस्तकहरूमा स्वीकृत मूल्यभन्दा झन्डै ६० प्रतिशतसम्म बढी मूल्य राखेर बिक्री भइरहेको पाइएको छ । कतिपय प्रकाशकले स्वीकृति बिना नै पुस्तक प्रकाशन तथा वितरण गरिरहेको देखिएको छ ।

नर्सरी, एलकेजी र युकेजी तहका बालबालिकाका लागि अनावश्यक र महँगो पुस्तकहरू बिक्री भइरहेको भन्दै अभिभावकहरू असन्तुष्ट बनेका छन् । केही प्रकाशन गृहहरूले मापदण्डभन्दा दोब्बरभन्दा बढी मूल्य कायम गरेको भेटिएको छ ।

उदाहरणका रूपमा निमा पुस्तक प्रकाशनले कक्षा ७ को २६२ पेजको पुस्तक ४८० रुपैयाँमा बिक्री गरेको छ, जबकि स्वीकृत मूल्य ३८० रुपैयाँ रहेको जनाइएको छ । त्यस्तै जेबीडी, लिटिलबर्ड र ओआई पब्लिकेशनले इसिडी तहका पुस्तकमा पनि अत्यधिक मूल्य राखेको पाइएको छ ।

प्रकाशकहरूले विद्यालयलाई बढी कमिसन दिने प्रतिस्पर्धाका कारण मूल्य बढाइएको आरोपसमेत लगाइएको छ ।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले अनुगमन भइरहेको दाबी गरे पनि ठोस कारबाही हुन नसकेको स्वीकारिएको छ । यता शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय तहमा अनुगमन गर्ने जिम्मेवारी भए पनि प्रभावकारी रूपमा काम हुन नसकेको देखिएको छ ।

अभिभावक संघ नेपालका पूर्वअध्यक्ष सुप्रभात भण्डारीका अनुसार इसिडी तहमा बालबालिकालाई खेलाउँदै सिकाउने अवधारणा भए पनि व्यवहारमा महँगो पुस्तक थोपर्ने प्रवृत्ति बढ्दै गएको छ, जसले अभिभावकहरू आर्थिक रूपमा मारमा परिरहेका छन् ।

सरकारले तत्काल प्रभावकारी अनुगमन र कारबाही नगरे शिक्षा क्षेत्रमा विश्वास घट्ने सरोकारवालाहरूले चेतावनी दिएका छन् ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...