ज्ञानेन्द्र शाहीको भनाइ: संख्या कम भए पनि संसद्‌मा जनताको आवाज कमजोर हुन दिँदैनौं

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले सिट संख्या कम भए पनि संसद्‌मा मौन नबस्ने र सुशासन तथा जनजीविकाका विषयमा दृढताका साथ आवाज उठाउने बताएका छन् ।

नयाँ सांसदहरूलाई बधाई दिन राप्रपाले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले संसद्‌मा आफ्नो दलको उपस्थिति सीमित भए पनि एजेन्डामुखी र प्रभावकारी भूमिका रहने स्पष्ट पारे ।

‘हामीसँग संसद्‌मा ५ सिट मात्र छन्, तर हामी चुप लागेर बस्दैनौं,’ शाहीले भने, ‘रोस्ट्रमबाट जनताका मुद्दा उठाउँछौं, भ्रष्टाचारविरुद्ध आवाज बुलन्द गर्छौं र जनजीविकाका सवाललाई निरन्तर उठाइरहन्छौं ।’

उनले सरकारद्वारा सुशासनका पक्षमा चालिएका सकारात्मक कदमहरूको समर्थन गर्ने उल्लेख गर्दै सीमा क्षेत्रमा देखिएका व्यवहारप्रति भने आपत्ति जनाए ।

‘पूजाआजाका लागि सानो परिमाणमा सामान ल्याउने सर्वसाधारणमाथि कुटपिट भएको छ, जुन गलत अभ्यास हो,’ शाहीले भने, ‘यस्ता गतिविधि तुरुन्त रोक्न म गृहमन्त्रीलाई आग्रह गर्छु ।’

शाहीले आफू चुनाव जितेपछि सबै नागरिकको साझा प्रतिनिधि भएको उल्लेख गर्दै जनताको हितमा काम गर्ने प्रतिबद्धता पनि दोहोर्याए ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...