रेमिट्यान्सभन्दा पर: १० लाख प्रवास सदस्य र ‘प्रोफाइल बैंक’ बनाउने रास्वपाको योजना

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विदेशमा रहेका नेपालीलाई केवल रेमिट्यान्सको स्रोतका रूपमा नभई राष्ट्र निर्माणका सहयात्रीका रूपमा जोड्ने उद्देश्यसहित नयाँ कार्यक्रम सार्वजनिक गरेको छ। पार्टीको प्रवास नेपाली सम्पर्क विभागले जारी गरेको विज्ञप्तिअनुसार प्रवासमा रहेका नेपालीहरूको सीप, अनुभव र अन्तर्राष्ट्रिय नेटवर्कलाई नेपालको विकाससँग प्रत्यक्ष जोड्ने रणनीति अघि सारिएको हो।

यसअन्तर्गत विभागले कम्तीमा १० लाख प्रवास सदस्य बनाउने लक्ष्यसहित ‘प्रवास सदस्यता विस्तार अभियान’ सञ्चालन गर्ने जनाएको छ। साथै, विदेशमा रहेका नेपालीहरूको ज्ञान र विशेषज्ञता अभिलेखीकरण गर्न ‘प्रोफाइल बैंक’ स्थापना गर्ने योजना पनि अघि बढाइएको छ। उक्त बैंकमार्फत लगानीका सम्भावना पहिचान, स्टार्टअप प्रवर्द्धन तथा स्वदेश फर्कन इच्छुक लगानीकर्तालाई आवश्यक सहजीकरण गरिनेछ।

प्रोफाइल बैंकपछि ‘आइडिया बैंक’ अवधारणालाई पनि कार्यान्वयनमा ल्याउने तयारी रहेको विभागले जनाएको छ। यसमार्फत प्रवासमा आर्जित सीप र नवीन सोचलाई परियोजनामा रूपान्तरण गर्दै रोजगारी सिर्जना र आर्थिक समृद्धिमा योगदान पुर्‍याउने लक्ष्य राखिएको छ। यस पहलले प्रवासमा रहेका नेपालीहरूको भूमिका आर्थिक र नीतिगत रूपमा अझ सशक्त बन्ने अपेक्षा गरिएको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...