
काठमाडौँ । इरानले अमेरिकासँग सम्भावित वार्ताप्रति सकारात्मक धारणा व्यक्त गरेको छ । तर वार्ताको वातावरण बनाउन संयुक्त राज्य अमेरिकाको धम्कीपूर्ण व्यवहार मुख्य बाधक बनेको इरानी पक्षले जनाएको छ ।

इरानका सरकारी प्रवक्ताले देश वार्ताका लागि तयार रहेको स्पष्ट पार्दै आपसी सम्मान र समानताको आधारमा संवाद हुनुपर्ने बताएका छन् । उनले अमेरिकाबाट आउने दबाब र चेतावनीका कारण विश्वासको वातावरण कमजोर भएको उल्लेख गरे ।
यसैबीच, इरानले आफ्नो रक्षा तयारी पूर्ण अवस्थामा रहेको पनि बताएको छ । यद्यपि, कूटनीतिक माध्यमबाट समस्या समाधान गर्ने पक्षमा आफूहरू रहेको इरानी अधिकारीहरूको भनाइ छ ।


